८ भाद्र २०८३, सोमबार
,
Latest
गरिमा चौधरी हत्या प्रकरण : बयानको भिडियो सार्वजनिक गरेको आरोपमा प्रहरी पक्राउ जेब्रा क्रसिङमै नागरिक असुरक्षित, दुर्घटनाका दोषीलाई कारबाही गर्न महरको माग बडीमालिका क्षेत्रमा पुग्यो टेलिफोन र इन्टरनेट सेवा, सञ्चारमन्त्री डा. तिमिल्सिनाद्वारा भर्चुअल उद्घाटन जनकपुरमा सार्वजनिक जमिन अतिक्रमण हटाउँदा समान व्यवहार गर्न सांसद झाको माग पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान परराष्ट्रमन्त्री खनाल सर्बिया जाने सामुदायिक नर्सिङ र ओसीएमसी सेवाको प्रभावकारिता बढाउने विषयमा छलफल सांसद गच्छदारको प्रश्न: गरिमा चौधरीको जीवन सालिक बनाएर फर्किन्छ ? गृह मन्त्रालयमा गरिमा चौधरीका अभिभावकको भिडियो खिचिएकोप्रति रास्वपाको आपत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्थतन्त्र बलियो बनाएर चिकित्सकका माग पुरा गरौं : उपसभापति गुरुङ



अ+ अ-

काठमाडौँ। नेपाल सरकारका पुर्व मन्त्री, नेपाली काङ्ग्रेसका उपसभापति धनराज गुरुङले अर्थ बलियो बनाएर चिकित्सकका माग पुरा गर्नुपर्ने बताउनु भएको छ ।

प्रजातन्त्रवादी चिकित्सक संघको बार्षिक भेलाको अवसरमा शुक्रबार काठमाडौको अनुपम फुड ल्याण्डमा आयोजित “स्वास्थ्य सेवा,पार्टी नेतृत्व र राष्ट्रिय प्रगतिका लागी एकीकृत कदम” बिचार गोष्ठीलाई सम्बोधन गर्दै उहाँले चिकित्सकहरुको सेवा सुविधा सरकार गम्भीर हुनुपर्ने धारणा राख्नुभयो ।

“सेवा सुबिधा थप गर्ने भन्ने बित्तिकै अर्थतन्त्र संग जोडिन्छ, देशको अर्थतन्त्र वृद्धि गर्ने थुप्रै क्षेत्र छन् त्यतातिर लागौं र उहाँहरुको सेवा सुबिधा बढाउन तिर लागौं ” उहाँको भनाइ थियो ।

घरेलु मदिरा लगायतलाई कर दायरामा ल्याउ सके अहिले बजेटमा ६ खर्ब थप गर्न सकिने भन्दै आफू कानुन मन्त्री हुँदा पटकपटक कानुन बनाउन प्रयास गरेपनि सफल हुन नसकेको बताउनुभयो ।

“म कानुन मन्त्री हुँदा घरेलु मदिरा लगायत थुप्रै क्षेत्रलाई करको दायरामा ल्याएर देशको अर्थतन्त्र बलियो बनाउन पटकपटक लागे तर सफल हुन सकिन ” उहाँको भनाइ थियो ।