२० मंसिर २०८२, शनिबार
,
Latest
इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्थतन्त्र बलियो बनाएर चिकित्सकका माग पुरा गरौं : उपसभापति गुरुङ



अ+ अ-

काठमाडौँ। नेपाल सरकारका पुर्व मन्त्री, नेपाली काङ्ग्रेसका उपसभापति धनराज गुरुङले अर्थ बलियो बनाएर चिकित्सकका माग पुरा गर्नुपर्ने बताउनु भएको छ ।

प्रजातन्त्रवादी चिकित्सक संघको बार्षिक भेलाको अवसरमा शुक्रबार काठमाडौको अनुपम फुड ल्याण्डमा आयोजित “स्वास्थ्य सेवा,पार्टी नेतृत्व र राष्ट्रिय प्रगतिका लागी एकीकृत कदम” बिचार गोष्ठीलाई सम्बोधन गर्दै उहाँले चिकित्सकहरुको सेवा सुविधा सरकार गम्भीर हुनुपर्ने धारणा राख्नुभयो ।

“सेवा सुबिधा थप गर्ने भन्ने बित्तिकै अर्थतन्त्र संग जोडिन्छ, देशको अर्थतन्त्र वृद्धि गर्ने थुप्रै क्षेत्र छन् त्यतातिर लागौं र उहाँहरुको सेवा सुबिधा बढाउन तिर लागौं ” उहाँको भनाइ थियो ।

घरेलु मदिरा लगायतलाई कर दायरामा ल्याउ सके अहिले बजेटमा ६ खर्ब थप गर्न सकिने भन्दै आफू कानुन मन्त्री हुँदा पटकपटक कानुन बनाउन प्रयास गरेपनि सफल हुन नसकेको बताउनुभयो ।

“म कानुन मन्त्री हुँदा घरेलु मदिरा लगायत थुप्रै क्षेत्रलाई करको दायरामा ल्याएर देशको अर्थतन्त्र बलियो बनाउन पटकपटक लागे तर सफल हुन सकिन ” उहाँको भनाइ थियो ।