७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी

महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’

महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’
अ+ अ-

ललितपुर। ललितपुर महानगरपालिकाले स्थानीय महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि एलएमसी डिजिटल हाटबजार एप सार्वजनिक गरेको छ ।

महानगरभित्रका महिला उद्यमीहरूले उत्पादन गरेका वस्तु तथा सेवाको बजारीकरण गर्नुका साथै कम लागतमा उद्यमीलाई उपभोक्तासम्म पु¥याउन महानगरको महिला, बालबालिका शाखाले आज एलएमसी डिजिटल हाटबजार एप सार्वजनिक गरेको हो ।

एप सार्वजनिक कार्यक्रममा महानगर प्रमुख चिरीबाबु महर्जनले वर्तमान सूचना प्रविधिको युगमा वस्तु तथा सेवाको बिक्रीवितरण र प्रचारप्रसारका लागि डिजिटल एपको व्यवस्था गरिएको बताउँदै यसबाट यहाँका सात सय ५० भन्दा बढी महिला समूहलाई सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

“सम्पूर्ण महिला उद्यमीले यो एपलाई अधिकतम उपयोगमा ल्याउनुहोस्, देशका सात सय ५३ वटा स्थानीय सरकार, सातवटै प्रदेश सरकारहरूमध्ये ललितपुरले उत्कृष्ट काम गरिरहेको छ, हामीले गरेका कतिपय काम अन्य स्थानीय तहले सिक्न उपयोगी हुने विश्वास लिएका छौँ”, उहाँले भन्नुभयो ।

महानगरप्रमुख महर्जनले ललितपुरद्वारा सञ्चालित एलएमसी अलर्टले २२ वटा कामका लागि सहजीकरण गरिरहेको जनाउँदै एपमार्फत काममा सहजीकरण हुँदा जनप्रतिनिधिलाई मध्यरातमा फोन गर्नुपर्ने समस्या अन्त्य भएको धारणा राख्नुभयो । “एकद्वार सेवा प्रणाली लागू हुनुका साथै एपमार्फत सेवा प्रवाह हुँदा सेवाग्राहीले महानगरका कोठाकोठा धाउनुपर्ने अवस्थाको अन्त्य भएको छ”, उहाँले भन्नुभयो ।

महानगरका उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले महिला उद्यमीहरूको समस्या समाधान गर्ने, उत्पादनलाई उपभोक्तासम्म पु¥याउने उद्देश्यले यो प्रयास थालिएको बताउनुभयो । उहाँले उद्यमीहरूद्वारा सानो परिमाणमा उत्पादित वस्तु तथा सेवालाई सहज रूपमा बजारीकरण गर्न र उद्यमीले उचित प्रतिफल प्राप्त गर्ने अवसर प्राप्त गर्न यो माध्यम प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।

महिला बालबालिका शाखा प्रमुख शोभा खरेलले महिलाद्वारा उत्पादित वस्तु तथा सेवाहरूको डिजिटल एपमार्फत बिक्रीवितरण गर्न सकिने भन्दै क्रेताले बिक्रेतासँग सम्पर्क गरेर सामानको खरिद गर्नसक्ने जानकारी गराउनुभयो । उहाँले यो वर्ष महानगरले १० जना महिला उद्यमीका सामान अन्तरराष्ट्रिय बजारमा पुर्‍याउने लक्ष्य राखेको उल्लेख गर्नुभयो ।