१३ श्रावण २०८३, बुधबार
,
Latest
राष्ट्रपतिसँग राष्ट्रियसभा अध्यक्ष दाहालको भेट, राजनीतिक अवस्था र संसदीय गतिविधिबारे छलफल स्थानीयको गुनासोपछि बञ्चरेडाँडाको फोहार व्यवस्थापनका समस्याबारे सञ्चारमन्त्री डा तिमिल्सिनाको चासो, तत्काल समाधान गर्न सम्बन्धित निकायलाई… स्वास्थ्य मन्त्रालयको प्रशासनिक संरचना एकीकृत गरिँदै, सचिव देवकोटा नयाँ कार्यकक्षमा स्थानान्तरण विभिन्न विधेयक संसद्मा पेस गर्न मन्त्रिपरिषद्को स्वीकृति प्रधानमन्त्रीको निर्देशनपछि फुटवेयर क्षेत्रमा २० हजार रोजगारीको पहल सोरुबाट सुरु भएको थियो कर्णाली प्रदेशका पाँचौँ मुख्यमन्त्री जीवन यात्रा बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो एसियाडमा काँस्य पदक विजेता नेपाली महिला कबड्डी टोलीले भारतमा तयारी गर्ने समस्याग्रस्त र राम्रा सहकारीलाई एउटै दृष्टिकोणले हेर्नु हुँदैन : मन्त्री रायमाझी सरोकारवालासँगको परामर्शविना ल्याइने सहकारी ऐन मान्य नहुने महासंघको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिममा गौरा चहलपहलः मनाइयो ‘नानी गौरा’



अ+ अ-

बैतडी। सुदूरपश्चिम प्रदेशमा गौरा पर्वको दोस्रो दिन आज ‘नानी गौरा’ मनाइएको छ । बर्तालु महिलाहरूले बिरुडापञ्चमी अर्थात् हिजो पहिलो दिन भिजाएका बिरुडालाई आज नजिकका धारा, तलाउमा लगेर धोएका छन् ।

संस्कृतिका जानकार आचार्य विष्णुदत्त भट्टका अनुसार आजको दिनलाई स्थानीय भाषामा ‘नानी गौरा’ भन्ने चलन रहिआएको छ । साउँ, तिल, अपामार्गलगायत वनस्पतिको प्रयोग गरी गौराको प्रतिमूर्ति बनाई नजिकका पानीका मुहान, धारा तथा तलाउमा लगेर गौरादेवीको पूजाआजा गर्ने गरिन्छ ।

बिरुडाले नै गौरादेवीको पूजाआजा गरिनुका साथै बारीमा फलेका विभिन्न फलफूल चढाउने प्रचलन रहिआएको छ । पौराणिककालमा भगवान् महेश्वरको प्राप्तिका लागि गौरादेवी अर्थात् पार्वतीले निराहार नित्य आराधना गरी भगवान् शिवको प्राप्ति भएको विश्वास गरिन्छ । त्यतिबेलादेखि गौरा र महेश्वरको विवाहको सम्झानाका रूपमा यो पर्व मनाउने परम्परा चल्दै आएको बताइन्छ ।

दुर्वाष्टमी अर्थात अठ्याबाली यो पर्वको मुख्य दिन हो । भोलि तेस्रो दिन सप्तमीका दिनमा गौरालाई भित्र्याउने चलन छ । भोलि नै महिलाले धारणा गर्ने विशेष प्रकारको धागो दुबधागो गौरादेवीमा समर्पण गरेर गौराको मुख्य दिन गौराष्टमी अर्थात् अठ्याबालीका दिन धारण गर्ने चलन रहिआएको छ ।

तागाधारी पुरुषहरूले जनै धारण गरेजस्तै सुदूरपश्चिममा महिलाहरूले गौराको समयमा दुबधागो धारणा गर्ने गर्दछन् । शुक्लपक्षमा परेको गौरालाई उजेली र कृष्णपक्षमा परेको गौरालाई अँधेरी भन्ने चलन छ । यो वर्ष उजेली गौरा परेको छ । गौराको समयमा विभिन्न ऐतिहासिक ठाडो खेल, ढुस्को, धमारी, चैतलगायत देउडा खेलेर रमाइलो गर्ने गरिन्छ । रासस




भर्खरै