९ आश्विन २०८१, बुधबार
,
Latest
दसैँमा दुई सय ५० खसीबोका बिक्री गर्दै किसान महिला राष्ट्र बैंकले नयाँ आधार वर्ष बनाएर ‘उपभोक्ता मूल्य सूचकांक’ सार्वजनिक गर्दै अध्यागमनको ‘इमेज’ सुधार आवश्यकः गृहमन्त्री लेखक राष्ट्रिय एकताका लागि खेल र सांस्कृतिक क्षेत्रको भुमिका महत्वपूर्ण: अध्यक्ष दाहाल ललितपुर महानगरपालिकालाई विपद् व्यवस्थापनमा ‘नम्बर वान’ बनाउन चाहन्छौं: मेयर महर्जन नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबी प्रक्षेपण ‘लकडाउन’देखि चित्रकार बनेकी एरिका उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडैल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच बेइजिङमा भेटवार्ता दाङमा चट्याङ लागेर एकको मृत्यु, दुईजना घाइते प्रधानमन्त्रीविरुद्ध सामाजिक सञ्जालमा भइरहेका गतिविधि देशहित विपरीत छन्: महासचिव पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

संक्रमितको ‘ट्राभल हिस्ट्री’ खोजिँदै



अ+ अ-

बाँके । बाँकेमा फेला परेका कोभिड –१९ संक्रमितको अझै पनि ‘ट्राभल हिस्ट्री’ खुल्न सकेको छैन । भ्रमण विवरण खुल्न नसक्दा कोरोना संक्रमणको शुरुको अवस्था पत्ता लगाउन मुश्किल भएको छ ।

कोरोना भाइरस संक्रमणको क्षेत्र नेपालगञ्ज उपमहानगरपालिका–८ जोल्हनपूर्वामा पहिलोपटक गत शुक्रबार मदरसा शिक्षक ६० वर्षीय एक पुरुषमा कोरोना संक्रमण पोजेटिभ फेला परेपछि उनी बसोबास तथा आवतजावत गर्ने क्षेत्रमा बन्द गरेर स्थानीय बासिन्दाको स्वाब परीक्षण गर्दा सात वर्षका बालक तथा नौ वर्षकी बालिकासहित २२ जनामा पोजेटिभ देखिएको हो । 

स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले ती पुरुषलाई पनि अरुबाट कोरोना सरेको हुन सक्ने बताउनुभयो । संक्रमितको ट्राभल हिस्ट्री पत्ता लगाउन नसकिएकाले संक्रमण कहाँदेखि फैलियो भन्ने थाहा पाउन मुश्किल भएको छ । पहिलो संक्रमित ६० वर्षीय पुरुष भारतका रुपैडिहा, नानपारालगायत ठाउँमा आवातजावात गरेको देखिए पनि टाढाको ‘ट्राभल हिस्ट्री’ नदेखिएकाले ती पुरुषलाई नै यकिनसाथ पहिलो केश भन्न नमिल्ने उहाँले बताउनुभयो । 

नेपालगञ्जमा पहिलो पटक फेला परेका संक्रमित ६० वर्षीय पुरुषको सम्पर्कमा आएका जोल्हनपूर्वास्थित मदरसा वरिपरिका बासिन्दा भएको बताइएको छ । पहिलो संक्रमितले जोल्हनपूर्वामा रहेको मदरसामा बालबालिकालाई पढाउने क्रममा सम्पर्क भएको हुन सक्ने अनुमान छ । 
स्वास्थ्यकर्मीले संक्रमितलाई पछ्याउँदै परीक्षण तीव्र बनाइरहेका छन् । यो संख्या अझै बढ्ने आकलन गरेर स्थानीय प्रशासनले नेपालगञ्जमा निषेधाज्ञा जारी गर्दै सुरक्षा व्यवस्था निकै कडा बनाएको छ ।  

कोरोना कहाँबाट र कसरी शुरु भएको भन्ने अहिलेसम्म पत्ता लाग्न नसकेको फोकल पर्सन श्रेष्ठ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “हामीले पहिलो केश नै पत्ता लगाउन सकिरहेका छैनौंँ, कोरोना संक्रमण ‘ट्राभल हिस्ट्री’ खोजिरहेका छौंँ । पहिलो संक्रमित व्यक्ति नै हो वा अरु कसैबाट उनीमा सरेको भन्नेबारे पत्ता लागिसकेको छैन ।”

भारतको सीमा क्षेत्र बहराइचबाट करीब एक महिनाअघि नेपाल फर्किएका उनलाई क्वारेन्टाइनमा राखिएको थियो । महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनबाट झन्डै ६०० जना भागेका थिए । यी संक्रमित पनि भाग्नेमध्ये भएको प्रहरीले बताएको छ । यसबाट उनी थुप्रै व्यक्तिको सम्पर्कमा पुगेको र पछिल्ला २२ नयाँ संक्रमित पहिले फेला परेका व्यक्तिको संसर्गबाट  भएको बुझिएको छ । उनी आफ्नो निवास रहेको जोल्हनपूर्वाबाट दैनिक तीनचार पटक नमाजको अजान गर्न महेन्द्र पार्कस्थित धार्मिकस्थलमा पनि आउजाउ गर्थे । उनी मदरसाका शिक्षक भएकाले  उनको सम्पर्कमा आएका व्यक्तिको खोजी गरेर थप स्वाब संकलन र परीक्षण भइरहेको श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“यताको सम्बन्ध उता र उताको सम्बन्ध यता भएकामा संक्रमित भेटिएको भए पनि उनीहरु धेरै टाढा गएको देखिँदैन । फेला परेका संक्रमितमध्ये यो बीचमा रुपैडिहा वा नानपारा नगएको कोही पनि छैन ।”

स्वास्थ्य कार्यालयका फोकल पर्सन श्रेष्ठका अनुसार अहिलेसम्म पहिलो संक्रमितको ‘ट्राभल हिस्ट्री’ नै फेला परेको छैन भने अन्य संक्रमितको खोज्ने काम भइरहेको छ । उहाँका अनुसार संक्रमित रहेका क्षेत्रमा ‘कन्ट्रयाक्ट ट्रेसिङ्ग’को काम भइरहेको र यो सकेपछि थ्रोड स्वाब लिएर परीक्षणलाई तीव्रता दिइने छ । संक्रमित भेटिएको स्थानलाई पूर्णरुपमा बन्द गरेरै ‘कन्ट्रयाक्ट ट्रेसिङ्ग’ गरिरहेको पनि उहाँले जानकारी दिनुभयो ।