९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

नेपालमा जलविद्युतको अपार सम्भावना छः मन्त्री भण्डारी

नेपालमा जलविद्युतको अपार सम्भावना छः मन्त्री भण्डारी
अ अ+ अ-

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालमा जलविद्युतको अपार सम्भावना रहेको बताउनुभएको छ ।

काठमाडौँको भृकुटीमण्डपमा शुक्रवार नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक, नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एण्ड होम अपलायनसेस अन्तर्राष्ट्रिय प्रदर्शनीको शुभारम्भ गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले विद्युतको सम्भावनासँगै विद्युतीय सामग्रीहरुको प्रयोग पनि त्यत्तिकै बढिरहेको बताउनु भयो । नेपालले विद्युत छिमेकी देशमा पनि बेच्न सक्ने र विद्युतीय सामग्रीको प्रयोग अझ बढाउन सक्ने बताउनु भयो । नेपाल आफ्नो उत्पादनलाई वृद्धि गर्न र गुणस्तरमा प्रतिष्पर्धा गर्न तयार रहेको बताउनु भयो । नेपालमा विद्युतको क्षेत्रमा लगानी बढाउन पनि विदेशी कम्पनीहरुलाई आह्वान गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘इलेक्ट्रिक पावरको एग्जिबेसन भइरहेको छ । अहिलेको प्रविधि र सम्भावनामा यो केन्द्रित छ । नेपालमा जलविद्युतको अपार सम्भावना छ । उत्पादन पनि भइरहेको छ । हामीले छिमेकी मुलुकमा निर्यात गर्नसक्छौँ । त्यस प्रयोजनका लागि विभिन्न कम्पनीहरुले आफ्ना उत्पादनहरु प्रश्ततु गर्नुभएको छ । गुणस्तरमा प्रतिष्पर्धा भइरहेको छ । हाम्रो उत्पादनलाई वृद्धि गर्नेकुरा स्वभाविक रुपमा हुन्छ । यसको खपत हुन्छ, यसको बजार निश्चित छ, आजको इलेक्ट्रिसिटीको जति आवश्यकता छ यसले हाम्रो सम्भावनालाई बल पु¥याउँछ । आएका सबै स्वदेशी, विदेशी कम्पनीहरुलाई नेपालमा स्वगत गर्दछौँ । निजी क्षेत्रबाट भइरहेको यो प्रयासलाई सरकारले विभिन्न किसिमको सहयोग गरिरहेको छ । यो सम्भावनासँगै यसको राम्रो भविष्य छ भन्ने म ठान्छु ।’

मन्त्री भण्डारीले आजको बजारमा वस्तुहरुको उत्पादन र बजारीकरणको होडबाजी रहेको उल्लेख गर्दै आफ्नो उत्पादनको बजारीकरण गर्ने होडबाजी रहेको बताउनु भयो । उक्त प्रतिष्पर्धामा नेपालका कम्पनीहरु पनि रहेको जिकिर गर्नुभयो । सरकारको तर्फबाट लगानी सहजीकरण गर्न र नीतिमा पनि सहुलियत दिएर प्रोत्साहित गरिरहेको बताउनु भयो । शुक्रवारबाट शुरु भएको प्रदर्शनी आईतवारसम्म सञ्चालन हुनेछ ।