१३ श्रावण २०८३, बुधबार
,
Latest
राष्ट्रपतिसँग राष्ट्रियसभा अध्यक्ष दाहालको भेट, राजनीतिक अवस्था र संसदीय गतिविधिबारे छलफल स्थानीयको गुनासोपछि बञ्चरेडाँडाको फोहार व्यवस्थापनका समस्याबारे सञ्चारमन्त्री डा तिमिल्सिनाको चासो, तत्काल समाधान गर्न सम्बन्धित निकायलाई… स्वास्थ्य मन्त्रालयको प्रशासनिक संरचना एकीकृत गरिँदै, सचिव देवकोटा नयाँ कार्यकक्षमा स्थानान्तरण विभिन्न विधेयक संसद्मा पेस गर्न मन्त्रिपरिषद्को स्वीकृति प्रधानमन्त्रीको निर्देशनपछि फुटवेयर क्षेत्रमा २० हजार रोजगारीको पहल सोरुबाट सुरु भएको थियो कर्णाली प्रदेशका पाँचौँ मुख्यमन्त्री जीवन यात्रा बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो एसियाडमा काँस्य पदक विजेता नेपाली महिला कबड्डी टोलीले भारतमा तयारी गर्ने समस्याग्रस्त र राम्रा सहकारीलाई एउटै दृष्टिकोणले हेर्नु हुँदैन : मन्त्री रायमाझी सरोकारवालासँगको परामर्शविना ल्याइने सहकारी ऐन मान्य नहुने महासंघको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढीले बगाउँदा बालिकाको मृत्यु



अ+ अ-

भक्तपुर। सूर्यविनायक नगरपालिका–८ आशापुरी र काभ्रेपलाञ्चोकको नैचालको सिमानामा रहेको शाखापुरी बल्बी खोलामा आएको बाढीले बगाउँदा  बालिकाको मृत्यु भएको छ ।

भैँसी चराउन गएको बेला खोलाको बाढीले बगाउँदा नैचालकी नौ वर्षीया रसमु तामाङको मृत्यु भएको हो । तामाङको शव पनौतीस्थित रोशी भूमिडाँडामा फेला परेको सूयविनायक नगरपालिकाका–८ का वडाध्यक्ष पुष्पराज बस्नेतले जानकारी दिनुभयो ।

भैँसी चराउन उनी दिदी सङ्गीताका साथमा गएकी थिइन् । रसमुलाई खोला तर्ने क्रममा बाढीले बगाएको वडाध्यक्ष बस्नेतले बताउनुभयो । सूर्यविनायकस्थित रणशेर ब्यारेकको नेपाली सेनाको उद्धार टोली तथा प्रहरी बृत्त जगातीको प्रहरी टोलीले खोजी गर्दा उनको शव रोशी भूमिडाँडामा फेला परेको हो ।रासस




भर्खरै