१३ श्रावण २०८३, बुधबार
,
Latest
सोरुबाट सुरु भएको थियो कर्णाली प्रदेशका पाँचौँ मुख्यमन्त्री जीवन यात्रा बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो एसियाडमा काँस्य पदक विजेता नेपाली महिला कबड्डी टोलीले भारतमा तयारी गर्ने समस्याग्रस्त र राम्रा सहकारीलाई एउटै दृष्टिकोणले हेर्नु हुँदैन : मन्त्री रायमाझी सरोकारवालासँगको परामर्शविना ल्याइने सहकारी ऐन मान्य नहुने महासंघको चेतावनी निर्देशिका नबन्दासम्म संवेदनशील मुद्दाको लाइभ स्ट्रिमिङमा सर्वोच्चको अन्तरिम रोक मन्त्रिपरिषद् बैठक सुरु प्रमुख निर्वाचन आयुक्तमा कार्की र आयुक्तमा वाग्ले र सुब्बाको नाम सर्वसम्मत अनुमोदन सभामुख डीपी अर्यालद्वारा प्रधानमन्त्रीसहित विभिन्न दलका नेतासँग भेटवार्ता सुनसरी घटना : मृतक परिवारलाई २ लाख, घाइते र आगजनीपीडितलाई ५० हजार राहत
तपाईं के खोज्दै हुनुहुन्छ ?

भदौ १९ मा निजामती र भदौ २६ मा शिक्षा विधेयक पारित हुने तयारी



अ+ अ-

काठमाडौँ। प्रतिनिधिसभाले संघीय निजामती सेवासम्बन्धी विधेयक, २०८० लाई यही भदौ १९ गते पारित गर्ने कार्यतालिका तय गरेको छ।

सभामुख देवराज घिमिरेले बिहीबार सिंहदरबारमा प्रमुख सचेतकहरूसँगको छलफलपछि राष्ट्रियसभाबाट विधेयक आएमा सोही दिन प्रतिनिधिसभाबाट पारित गर्ने निर्णय भएको हो। प्रशासनिक संघीयता कार्यान्वयनको दृष्टिले यो विधेयकलाई विशेष महत्व दिइएको छ।

सभामुखका सञ्चार सल्लाहकार शेखर अधिकारीका अनुसार संसद्को आगामी १५ दिनको कार्यक्रम तालिका सार्वजनिक गरिएको छ। भदौ १८, १९, २५, ২৬ र २७ गते प्रतिनिधिसभाको बैठक बस्नेछ।

यस्तै, भदौ २६ गते विद्यालय शिक्षा विधेयक पारित गर्ने तयारी गरिएको छ भने शुक्रबारको बैठकमा भूमिसम्बन्धी विधेयक पारित गरी राष्ट्रियसभामा पठाइनेछ। भदौ १८ गते नागरिकता विधेयकमाथि निर्णय गर्ने कार्यतालिका पनि तय भएको छ।

त्यसैगरी, राष्ट्रपति कार्यालयले फिर्ता पठाएको संवैधानिक परिषद् सम्बन्धी विधेयकमाथि छलफल गरी पारित गर्ने सम्भावित कार्यक्रम समेत प्रतिनिधिसभाले तोकेको छ।