२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

किसानलाई सरकारले करदाता र मतदाता मात्रै ठान्योः हृदयेश त्रिपाठी



अ+ अ-

काठमाडौँ । जनता प्रगतिशिल पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले सरकारले किसानलाई करदाता र मतदाता मात्रै ठानेको बताउनुभएको छ ।

बिहीवार उखु किसानको आन्दोलनमा ऐक्यवद्धता जनाउन माईतीघर पुग्नुभएका अध्यक्ष त्रिपाठीले यस्तो बताउनुभएको हो । उहाँले अहिलेसम्म किसान सरकारको प्राथमिकतामै नपरेको बताउनु भयो । सबैले किसानलाई मत दिने र कर तिर्नेका रुपमा मात्रै बुझेको उहाँको दाबी छ । उहाँले किसान विभाजित भएका कारण पनि मारमा पर्ने गरेको बताउनु भयो । आफ्नो हक अधिकारका लागी एकजुट हुन पनि उहाँले किसानलाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘राज्यले किसानलाई अहिलेसम्म प्राथमिकतामा राखेन । किसानलाई के ठान्यो भने करदाता र मतदाता । यिनी कर दिन्छन् र मत दिन्छन् । यो भ्रमले किसानलाई अहिलेसम्म सबैले बुझे । अर्को एउटा किसानको समस्या के छ भने किसान हरेक आलीबाट नै विभाजित हुन्छन् । एकताको अभाव छ । जब हामी मार खान्छौ अनि एक हुन्छौँ । हामी एक भयौँ भने मार नै खाँदैनौँ । कुरो त्यहाँनिर छ । त्यसकारण यो विषयमा तपाईहरु अलिकति चिन्तन गर्नुहोला ।’

उहाँले उखु किसानको माग पूरा गर्न सरकारले आलटाल गरिरहेको बताउनु भयो । विशेष गरेर अर्थ मन्त्रालयबाट समस्या उत्पन्न भएको उहाँको भनाई छ । उखु किसानले सरकारले तोकेको प्रतिक्वीन्टल ७० रुपैयाँका दरले अनुदान उपलब्ध नगराएको भन्दै माईतीघरमा आन्दोलन गरिरहेका छन् । सरकारले उखु किसानलाई दिने अनुदानमा आधा कटौती गरेको छ ।