२७ जेष्ठ २०८३, बुधबार
,
Latest
सरकारी विज्ञापन नीतिविरुद्ध पत्रकार महासंघको देशव्यापी धर्ना, प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको आरोप सम्पत्ति छानबिन आयोगद्वारा विवरण बुझाउने म्याद असार मसान्तसम्म थप पाकिस्तानी हवाई आक्रमणमा १३ सर्वसाधारणको मृत्यु मनाङको विकास यात्रा सडक, पर्यटन र पूर्वाधारमा नयाँ आयाम बूढानीलकण्ठबाट चेक अनादर मुद्दामा फरार दोषी पक्राउ नेपालकै इतिहासमा सबैभन्दा ठूलो वित्तीय अपराधको छानबिन भइरहेको छः अर्थमन्त्री वाग्ले भैरहवामा ४१ लाखभन्दा बढी मूल्यका भन्सार छलेका सामान बरामद, प्रहरीद्वारा गोदाममा छापा संसद्को गतिरोध अन्त्य गर्न सभापति लामिछाने सक्रिय, विपक्षी नेतासँग छलफल अघिल्ला सरकारले ल्याएका गरिबमुखी तथा लोककल्याणकारी कार्यक्रमलाई निरन्तरता दिएका छौँः अर्थमन्त्री वाग्ले ‘टोलटोलमा फिल्म महोत्सव’ गर्दै काठमाडौँ महानगर
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्यालय शिक्षा विधेयकमा आफ्ना माग सम्बोधन नभए आन्दोलन चर्काउने शिक्षकहरुको चेतावनी



अ+ अ-

काठमाडौँ । शिक्षकहरुले विद्यालय शिक्षा विधेयकमा आफूहरुको सबै माग सम्बोधन नभए आन्दोलनको कार्यक्रमलाई अझै चर्काउने चेतावनी दिएका छन् ।

बिहीवार ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा धर्ना दिन पुगेका उनीहरुले सो विधेयकमा आफूहरुको महत्वपूर्ण माग सम्बोधन नभए फेरि आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका हुन् । नेपाल शिक्षक महासंघ राष्ट्रिय समिति नेतृत्वको टोलीले विद्यालय शिक्षा विधेयकमा आफूहरुको माग सम्बोधन गर्न दवाव दिँदै प्रमुख दलका मुख्यालयमा धर्ना दिइरहेका छन् ।

विद्यालय शिक्षक, कर्मचारीहरुको बाँकि माग पनि सम्बोधन गराउनका लागि आफूहरुले दबाब स्वरुप दलको केन्द्रिय कार्यालयमा धर्ना दिने काम शुरु गर्नुपरेको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताउनु भयो । उहाँले आफूहरुको सो माग सम्बोधन नभई सो ऐन संघीय संसदबाट पारित भए आन्दोलनलाई थप कडाईका साथ अघि बढाउन बाध्य हुने चेतावनी समेत दिनुभयो ।

अध्यक्ष सुवेदीले भन्नुभयो, ‘समितिबाट अघि बढदै गर्दा हाम्रा केही माग मुद्दाहरु सम्बोधन भएर आएका छन । अव केही महत्वपूर्ण माग, मुद्दाहरु छुटेका छन । तिनका लागि प्रतिनिधि सभा र राष्ट्रिय सभामा अझै हाम्रो संशोधनको समय छ । संशोधनको स्थान छ । त्यसैले प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट संशोधन गरेर एउटा विद्यालय शिक्षक, कर्मचारीमैत्री अग्रगामी ऐन बनाउने त्यो दवाव निर्माण गर्न हामी आन्दोलनमा छौं । नौ गते हामीले नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक माननीय महेश बर्तौैलाजीलाई भेटयौं । अनि हिजो ११ गते हामीले नेपाली काँग्रेसका संसदीय दलका प्रमुख सचेतक माननीय श्यामकुमार घिमिरेलाई भेट्यौं । उहाँहरुबाट ल बसौ, छलफल गरौं ।

तपाईहरुका छुटेका एजेण्डा के हुन ? तिनलाई प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट सम्बोधन गरेर अगाडि जान सकिन्छ भन्ने सकारात्मक कुरा गर्नुभएको छ । समिति भित्र हुने केही माननीय सांसदहरुले नेपाल शिक्षक महासंघ र आम नेपाली शिक्षक कर्मचारीप्रति एउटा इगो साँध्ने ढंगले हाम्रा माग मुद्दाहरुमा बाधा उत्पन्न गर्नु भएको छ । फेरि समिति भनेको त्यहाँ ह्वीप पनि लाग्दैन । त्यसैले त्यहाँ सांसदहरुले स्वतन्त्र रुपले आफ्नो वैयक्तिक विचार पनि राख्नुभएको छ । ती सांसदहरुले जसले शिक्षक कर्मचारीको पक्षमा अडान लिइदिनु भयो, विचार राखिदिनु भयो । उहाँहरुप्रति म आभार प्रकट गर्दछु । विभिन्न खालको सांसदहरुले विभिन्न अडान राखेर त्यहाँभित्र सहमतीमा आएर अगाडि बढ्नलाई एउटा कठिनाई थियो । त्यो कठिनाईबाट अब प्रतिनिधि सभामा आईसकेपछि त्यो चरण पार भइसकेको छ । अब प्रतिनिधि सभा र राष्ट्रिय सभा भनेको त दलले निर्णय गरेर ह्वीप लाग्ने ठाउँ हो । त्यसकारण अब सुधारको पाटोमा आउँछ भन्ने हामीले ठानेका छौं । त्यसैका लागि पक्षकरण गर्दैछौं । अगर त्यहाँबाट पनि सुधार नभई ऐन जारी हुँदा पनि त्यो सुधार भएन भने ऐन संशोधनका लागि २०८१÷८२ को भन्दा ठूलो आन्दोलन लिएर हामी आउँछौं ।’

महासंघले भाद्र ११ गते बुधवार (हिजो)बाट सो विधेयकमा आफूहरुको माग सम्बोधन गराउने उद्देश्यले प्रमुख दलको मुख्यालयमा हरेक दिन २ घण्टा बिहान ११ बजेदेखि १ बजेसम्म धर्ना दिने दिने आन्दोलनको कार्यक्रम शुरु गरेको छ । त्यसैक्रममा बुधवार काँग्रेस मुख्यालय सानेपामा धर्ना दिएका उनीहरुले बिहीवार (आज) एमाले मुख्यालय च्यासलमा धर्ना दिएका हुन । १३ गते शुक्रवार नेकपा (माओवादी केन्द्र)को पेरिसडाँडास्थित मुख्यालय धर्ना दिने कार्यक्रम रहेको महासंघले जनाएको छ ।