९ आश्विन २०८१, बुधबार
,
Latest
दसैँमा दुई सय ५० खसीबोका बिक्री गर्दै किसान महिला राष्ट्र बैंकले नयाँ आधार वर्ष बनाएर ‘उपभोक्ता मूल्य सूचकांक’ सार्वजनिक गर्दै अध्यागमनको ‘इमेज’ सुधार आवश्यकः गृहमन्त्री लेखक राष्ट्रिय एकताका लागि खेल र सांस्कृतिक क्षेत्रको भुमिका महत्वपूर्ण: अध्यक्ष दाहाल ललितपुर महानगरपालिकालाई विपद् व्यवस्थापनमा ‘नम्बर वान’ बनाउन चाहन्छौं: मेयर महर्जन नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबी प्रक्षेपण ‘लकडाउन’देखि चित्रकार बनेकी एरिका उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडैल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच बेइजिङमा भेटवार्ता दाङमा चट्याङ लागेर एकको मृत्यु, दुईजना घाइते प्रधानमन्त्रीविरुद्ध सामाजिक सञ्जालमा भइरहेका गतिविधि देशहित विपरीत छन्: महासचिव पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

गौतमबुद्धको उपदेश विश्वमै लोकप्रिय : अध्यक्ष दाहाल



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का  अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको भूमिमा जन्मेर मानव कल्याणका साथै विश्व शान्तिका लागि ठूलो योगदान दिनुभएका गौतमबुद्धका उपदेश विश्वमै लोकप्रिय रहेको बताउनुभएको छ । 

२५६४औँ बुद्ध जयन्ती तथा लुम्विनी दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपाली जनसमुदाय तथा विश्वभरका बौद्धमार्गीमा आज एक शुभकामना जारी गर्नुहुँदै उहाँले सामाजिक, सांस्कृतिक ऐक्यबद्धता, सद्भाव र सहिष्णुता नै नेपाली समाजको विशेषता भएको जनाउनुभएको छ । 

शुभकामना सन्देशमा भनिएको छ, “बुद्धले विश्व मानवजातिका लागि सही ज्ञान हासिल गर्न भौतिकवादी ढङ्गले सत्यको तथ्यगत अन्वेषण गर्ने सूत्रहरु पहिल्याएकाले सबै नेपालीले गर्व गर्न सक्ने उल्लेख छ । 

बुद्धजयन्तीले हालसंसारभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लड्ने तागत र ऊर्जा पैदा हुन सक्ने विश्वास व्यक्त गर्दै उहाँले त्यस विरुद्ध लड्न र विजय प्राप्त गर्न बुद्धका उपदेशले उच्च मनोबल पैदा गर्दै यो महामारीको विषम परिस्थितिसँग जुध्न मद्दत मिल्ने विश्वास व्यक्त गर्नुभएको छ । 

त्यसैगरी अध्यक्ष दाहालले आज नै परेको किराँत (राई, लिम्बू, सुनुवार र याक्खा) समुदायको उभौली पर्वको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण किराँत समुदायमा सुख, शान्ति, समृद्धि र आपसी भाइचाराको उत्तरोत्तर प्रगतिको कामना पनि गर्नुभएको छ ।