७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

उपल्लो मुस्ताङमा एकहप्ते राष्ट्रिय परिचयपत्र घुम्ती शिविर सम्पन्न, ६२९ जना लाभान्वित

उपल्लो मुस्ताङमा एकहप्ते राष्ट्रिय परिचयपत्र घुम्ती शिविर सम्पन्न, ६२९ जना लाभान्वित
अ+ अ-

मुस्ताङ। उपल्लो मुस्ताङको दुई गाउँपालिकामा राष्ट्रिय परिचयपत्र दर्ताका लागि घुम्ती शिविर चलाइएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङको आयोजना तथा इलाका प्रशासन कार्यालय लोमान्थाङ र सम्बधित स्थानीय तहको समन्वय र सहकार्यमा उपल्लो मुस्ताङका नागरिकलाई घरदैलोमै पुगेर सेवा पुर्‍याउने गरी राष्ट्रिय परिचयपत्र दर्ता शिविर सञ्चालन गरिएको हो ।

उत्तर चीनसँग सिमाना जोडिएको उपल्लो मुस्ताङका नागरिकलाई सदरमुकाम जोमसोमसम्म धाएर राष्ट्रिय परिचयपत्र दर्ता गर्न समस्या हुने भएकाले त्यहाँका स्थानीय नागरिकलाई लक्षित गरी घरदैलौमै सेवा प्रवाह गरिएको मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकार नन्दराम परियारले जानकारी दिनुभयो ।

यहाँ जिल्ला प्रशासन कार्यालय जोमसोमबाट उपल्लो मुस्ताङका सीमावर्ती पालिकामा पुग्न झण्डै १०० किलोमिटर दूरी पर्ने भएको र सानो काममा धेरै खर्च र समय लाग्ने भएकाले उनीहरूको सहजताका लागि स्थानीयस्तरमै पुगेर जिल्ला प्रशासन कार्यालयको घुम्ती टोलीले शिविर सञ्चालन गरी सेवा प्रवाह गरेको सहायक प्रमुख जिल्ला अधिकारी परियारको भनाइ छ ।

जिल्ला प्रशासन कार्यालय मुस्ताङद्वारा आयोजित घुम्ती राष्ट्रिय परिचयपत्र घुम्ती दर्ता शिविर भदौ ३ गतेदेखि ११ गतेसम्म कायम रहेको थियो । शिविरमा दर्ता गर्न आउने नागरिकका लागि फोटो खिचाउने, बायोमेट्रिक विवरण तथा नामाङ्कन विवरण सङ्कलन गरी राष्ट्रिय परिचयपत्र प्राप्तिका लागि दर्ता गर्नेलगायत कार्य सम्पन्न भएको मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी परियारले बताउनुभयो ।

राष्ट्रिय परिचयपत्र दर्ता शिविर चलाउन जिल्ला प्रशासन कार्यालय मुस्ताङबाट सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम परियारको नेतृत्वमा कम्प्युटर अपरेटर बुद्धिरत्न थकाली, नायब सुब्बा देवेन्द्र थापामगर र लेखापाल प्रकाश नेपालीसहित चार जना कर्मचारी उपल्लो मुस्ताङ पुगेका थिए । त्यहाँ इलाका प्रशासन कार्यालयका कर्मचारी र सम्बन्धित स्थानीय तहका कर्मचारीले शिविर सञ्चालनमा सहयोग पुर्‍याएका थिए ।

उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाको तीन स्थानमा र लोमान्थाङ गाउँपालिकाको एक स्थानमा गरी चार स्थानमा त्यहाँका नागरिकलाई राष्ट्रिय परिचयपत्र दर्तासम्बन्धी सेवा प्रदान गरिएको थियो ।

शिविरमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राही, ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता, बालबालिकालगायत सामाजिक सुरक्षा भत्ता नपाउने नागरिकलाई विवरण सङ्कलन गरी राष्ट्रिय परिचयपत्रको निमित्त दर्ता गरिएको सहायक प्रमुख जिल्ला अधिकारी परियारले उल्लेख गर्नुभयो ।

उपल्लो मुस्ताङमा आयोजित एकहप्ते राष्ट्रिय परिचयपत्र दर्ता शिविरमा ५२९ जना प्रत्यक्ष लाभान्वित भएका छन् । यहाँको लोघेकर दामोदरकुण्डमा १८९ जना र लामान्थाङ गाउँपालिकामा ३४० जनाको राष्ट्रिय परिचयपत्र प्राप्तिका लागि दर्ता विवरण सङ्कलन भएको सहायक प्रमुख जिल्ला अधिकारी परियारले जानकारी दिनुभयो ।

उहाँका अनुसार लोघेकरको वडा नं ३ घिलिङमा १५ जना, वडा नं २ घमीमा ५१ जना र वडा नं १ चराङ केन्द्रमा १५३ जनाको राष्ट्रिय परिचयपत्र विवरण दर्ता भएको छ ।

पछिल्लो समय सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, बैंक खाता खोल्न र विदेश जानका लागि राहदानी (पासपोर्ट) बनाउन र प्रशासनिक कामकाजमा राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएकाले राष्ट्रिय परिचयपत्र लिनका लागि दर्ता गर्नेको सङ्ख्या उल्लेख वृद्धि भएको हो । प्रशासनबाट खटिएको राष्ट्रिय परिचयपत्र घुम्ती शिविर टोलीले त्यहाँ सेवाग्राहीलाई घरदैलामै पुगेर अफलाइन दर्ता गराएको हो । दर्ता भएका सेवाग्राहीका लागि जोमसोममा अनलाइन दर्ता गरेपछि मात्रै राष्ट्रिय परिचपत्र दर्ता नं उपलब्ध गराइने कम्प्युटर अपरेट बुद्धिरत्न थकालीले जानकारी दिनुभयो ।

नागरिकलाई पृथक नम्बरसहितको राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले स्थानीय तहसँगको सहकार्यमा अभियान सञ्चालन गर्दै आइरहेको छ ।

लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले स्थानीय नागरिकको सेवाका लागि प्रशासनबाट खटिएको घुम्ती शिविरले निकै ठूलो राहत पुगेको उल्लेख गर्नुभयो । यहाँबाट जोमसोम आवतजावत गर्दा दुई दिनको समय लाग्ने र खर्च पनि प्रतिव्यक्ति पाँच हजार बढी हुने भएकाले यसप्रकार सेवाप्रवाहले नागरिकको समस्यामा प्रशासनबाट सम्बोधन भएको सुनाउनुभयो ।

यसअघि गत वैशाखको तेस्रो हप्तामा पनि जिल्ला प्रशासन कार्यालय मुस्ताङले राष्ट्रिय परिचयपत्र वितरण शिविर सञ्चालन गरेको थियो । त्यसबेला उपल्लो मुस्ताङबाट जोमसाम आएर राष्ट्रियपत्रका लागि नामाङ्कन विवरण, बायोमेट्रिक र फोटो खिचेर गएका सेवाग्राहीलाई प्रशासनको राष्ट्रिय परिचयपत्र शाखाले घरदैलोमै पुगेर राष्ट्रिय परिचयपत्र वितरण गरेको शाखाका कम्प्युटर अपरेटर थकालीले बताउनुभयो ।रासस