९ आश्विन २०८१, बुधबार
,
Latest
राष्ट्र बैंकले नयाँ आधार वर्ष बनाएर ‘उपभोक्ता मूल्य सूचकांक’ सार्वजनिक गर्दै अध्यागमनको ‘इमेज’ सुधार आवश्यकः गृहमन्त्री लेखक राष्ट्रिय एकताका लागि खेल र सांस्कृतिक क्षेत्रको भुमिका महत्वपूर्ण: अध्यक्ष दाहाल ललितपुर महानगरपालिकालाई विपद् व्यवस्थापनमा ‘नम्बर वान’ बनाउन चाहन्छौं: मेयर महर्जन नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबी प्रक्षेपण ‘लकडाउन’देखि चित्रकार बनेकी एरिका उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडैल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच बेइजिङमा भेटवार्ता दाङमा चट्याङ लागेर एकको मृत्यु, दुईजना घाइते प्रधानमन्त्रीविरुद्ध सामाजिक सञ्जालमा भइरहेका गतिविधि देशहित विपरीत छन्: महासचिव पोखरेल मधेस प्रदेश सरकारका सय दिने कार्य विवरण सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुद्ध जयन्तीमा घर-घरमा दीपावली गर्न सरकारको आह्वान



अ+ अ-

काठमाडौं । आज वैशाख पूर्णिमा अर्थात २५६४ औं बुद्ध जयन्ती ।  भवगान गौतम बुद्धको जन्म भएको आजको दिनलाई बौद्ध धर्मावलम्बीहरुले बुद्ध जयन्तीका रुपमा मनाउँछन् ।

ईशापूर्व ५६३मा आजकै दिन सिद्धार्थ गौतमको जन्म लुम्बिनीमा भएको थियो । बुद्ध जयन्तीका दिन बुद्धको जन्मस्थल लुम्बिनीमा मायादेवीको मन्दिर लगायत देशभरका बैद्ध बिहार तथा गुम्बाहरुमा दर्शन, पूजापाठ र प्रार्थना गरी मनाउने प्रचलन रहदै आएको छ ।

यस वर्ष भने कोरोना भाइरस संक्रमणको महामारी रोकथाम तथा नियन्त्रणका लागि देशव्यापी रुपमा गरिएको लकडाउनको कारण कुनै सार्वजनिक कार्यक्रम नगरी बुद्ध जयन्ती मनाईदै छ । काठमाडौंको स्वयम्भु पनि सुनसान देखिन्छ । यहाँ बुद्ध जयन्तीमा हुने पूजापाठ गरिएपनि कुनैपनि भक्तालुहरु देखिदैनन् । सरकारले बुद्ध जयन्तीको अवसरमा घर–घरमा दीपावली गर्न आह्वान गरेको छ । यस्तै बुद्ध जयन्ती समारोह समितिले पनि घरमै बसेर बुद्ध जयन्ती मानाउन आग्रह गरेको छ ।

यसबैबीच २५ सय ६४ औं बुद्ध जयन्तीका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना सन्देश जारी गर्दै बुद्धका उपदेश र मार्गदर्शनको परिपालनाले राष्ट्रिय एकतालाई सुदृढ बनाउन सकिने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले विविधता बीच एकताको खोजी गर्दै आपसी मेलमिलापका साथ शान्ति र प्रगतिको पथमा अघि बढन उत्साह उमङ्ग र प्रेरणा प्रदान गर्ने अपेक्षा समेत गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि विश्व शान्तिको चाहनामा तड्पिरहेको र बुद्धका सन्देशहरु अझ बढी सन्दर्भिक भइरहेको बताउँदै शुभकामना व्यक्त गर्नुभएको छ ।