१६ भाद्र २०८३, मंगलवार
,
Latest
रसुवा बाढी अपडेटः ९८७ जनाको शव फेला, करिव ४ हजार बेपत्ता जाने होइन त हेर्न जीवित सङ्ग्रहालय ? खेतमा पानी पुगेपछि किसान खुसी रोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएन झापा गाउँपालिकाद्वारा उद्धार कोषमा २५ लाख सहयोग उर्लिएको त्रिशूली-रसुवागढीदेखि चितवनसम्म बाढीको प्रलयकारी वितण्डा (तस्बिरहरु) चीनको केरुङमा पहिरोमा ज्यान गुमाउनेहरूको स्मृतिमा शोक सभा आयोजना रसुवा बाढीः सुरुङ र पावरहाउसमा फसेकाको उद्धारमा सरकारले प्राथमिकता नदिएको आफन्तको गुनासो अस्टिनमा शोकसभा एवं दीप प्रज्वलन भोटेकोशी बाढीले ट्रक–कन्टेनर क्षेत्रमा पुर्‍याएको क्षति बुझ्न टोली रसुवा प्रस्थान
तपाईं के खोज्दै हुनुहुन्छ ?

अवरुद्ध कर्णाली राजमार्ग खुल्यो



फाइल फोटो
अ+ अ-

जुम्ला। सडक भासिएपछि अवरुद्ध भएको कर्णाली राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा आएको छ । कालीकोटको कालेखोलामा गएराति सडक भासिएपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो ।

कालेखोलामा आएको लेदोसहितको पहिरोले भासिएको सडक पुनःनिर्माण गरेपछि साँझ ६ः०० बजेतिर एकतर्फी रूपमा राजमार्ग सञ्चालनमा आएको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख दिपेन्द्रकुमार चौधरीले बताउनुभयो ।

कालीकोटको खाँडाचक्र नगरपालिका–२ कालेखोलास्थित अवरुद्ध राजमार्ग तत्काल अस्थायी रूपमा साना सवारीसाधन (बस ट्रकबाहेक) आवागमन सञ्चालन भएको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख चौधरीले जानकारी दिनुभयो ।

सडक खुलेपछि कर्णाली करिडोर र राजमार्ग हुँदै कालीकोट, जुम्ला, मुगु, बाजुरा हुँदै हुम्ला आवतजावत गर्न रोकिएका साना गाडी आआफ्नो गन्तव्यतर्फ लागेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ । रासस