पर्सा। सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साले १९ लाख २५ हजार रुपैयाँ बराबरको भन्सार छलीका सामान बरामद गरेको छ ।
गण र प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्ज र वीरगञ्ज भन्सार कार्यालयको संयुक्त टोलीले वीरगञ्ज महानगर–१० अशोकवाटिकास्थित सीता थापाको घरमा भन्सार छली गरेर भण्डारण गरिराखेको अफजल डब्बल एप्पल फलेवर र कपडासहितका १७ लाख ८५ हजार रुपैयाँ बराबरका सामान बरामद गरेको हो ।
सशस्त्र प्रहरी बल पर्साका सूचना अधिकारी सुरज कार्कीले सोही ठाउँबाट विआर २२ एस ०७०१ नम्बरको भारतीय मोटरसाइकल पनि बरामद गरिएको जानकारी दिनुभयो । बरामद भएका कपडा र मोटरसाइकललाई वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ ।
यसअघि गत भदौ ७ गते सशस्त्र प्रहरीले पर्साको विभिन्न स्थानबाट भन्सार छली गरेर भित्र्याइएका २९ लाख ८७ हजार ७६५ रुपैयाँ बराबरको सवारीसाधनसहितको सामान बरामद गरेको थियो । रासस










