१६ भाद्र २०८३, मंगलवार
,
Latest
रसुवा बाढी अपडेटः ९८७ जनाको शव फेला, करिव ४ हजार बेपत्ता जाने होइन त हेर्न जीवित सङ्ग्रहालय ? खेतमा पानी पुगेपछि किसान खुसी रोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएन झापा गाउँपालिकाद्वारा उद्धार कोषमा २५ लाख सहयोग उर्लिएको त्रिशूली-रसुवागढीदेखि चितवनसम्म बाढीको प्रलयकारी वितण्डा (तस्बिरहरु) चीनको केरुङमा पहिरोमा ज्यान गुमाउनेहरूको स्मृतिमा शोक सभा आयोजना रसुवा बाढीः सुरुङ र पावरहाउसमा फसेकाको उद्धारमा सरकारले प्राथमिकता नदिएको आफन्तको गुनासो अस्टिनमा शोकसभा एवं दीप प्रज्वलन भोटेकोशी बाढीले ट्रक–कन्टेनर क्षेत्रमा पुर्‍याएको क्षति बुझ्न टोली रसुवा प्रस्थान
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैतडीमा जिप दुर्घटना हुँदा १२ जना घाइते



अ+ अ-

बैतडी। बैतडीमा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । गोठालापानीबाट खोड्पेतर्फ जाँदै गरेको उग्रतारा यातायातको से १ ज २४५ नम्बरको जिप दुर्घटना हुँदा १२ जना घाइते भएका हुन् ।

आज दिउँसो २ बजे जिल्लाको दशरथचन्द नगरपालिका–४ शाहिलेक नपुग्दै इश्वरीगङ्गा जाने बाटोमा जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बल्देव बडूले जानकारी दिनुभयो ।

दशरथचन्द नगरपालिका–४ का ३४ वर्षीय धीरेन्द्र खत्री, २१ वर्षीय लक्ष्मण नाथ, दशरथचन्द–६ का २१ वर्षीय अर्जुन महर, २२ वर्षीय भूपेश जोशी, दशरथचन्द–११ ग्वालेकका ५० वर्षीया हरिना जोशी घाइते भएका छन् ।

यस्तै पुर्चौडी नगरपालिका– ४ का ३८ वर्षीया हीरा भट्ट, २३ वर्षीय जनक भट्ट, पुर्चाैडी–५ का १७ वर्षीय रिकेश पार्की, २८ वर्षीय दिनेश पार्की, पाटन नगरपालिका–९ का १८ वर्षीय कविराज भट्ट, २१ वर्षीय जनक भट्ट र पाटन नगरपालिका– ३ का ४२ वर्षीय डम्मरदत्त भट्ट घाइते भएको प्रहरी निरीक्षक बडूले बताउनुभयो ।

घाइतेमध्ये अर्जुन, दिनेश र कबिराज गम्भीर रहेको प्रहरी निरीक्षक बडूले जानकारी दिनुभयो । बाँकीको अवस्था सामान्य रहेको छ । घाइते सबैको उद्धार गरी जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ । दुर्घटनाको कारण भने थाहा हुन सकेको छैन । जिप सडकबाट करिब ७० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । जिपमा चालकसहित जम्मा १३ जना सवार थिए ।

चालक रोशन भट्टलाई प्रहरीले नियन्त्रणमा लिई दुर्घटनाको कारणबारे अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक बडूले बताउनुभयो । रासस