२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिमामा भारतीय नागरिकद्वारा सशस्त्रको चेकप्वाइन्टमा ढुंगामुढा



अ+ अ-

बारा । आफुहरु नेपालमा प्रवेश गर्नपाउनु पर्ने भन्दै एक हुल भारतीयले सशस्त्र प्रहरीमाथि आक्रमण गरेका छन्। बिहीबार दिउँसो बाराको कबहीगोठस्थित नेपाल(भारत सीमामा  करिब सय जना भारतीय सशस्त्र प्रहरीमाथि आक्रमण गरेपछि सशस्त्र प्रहरीले एक राउण्ड हवाई फायर गरेको थियो । 

डिआइजी प्रवीणकुमार श्रेष्ठका अनुसार भीडमा आएकाहरूले सशस्त्र प्रहरीको चेकपोष्टमा ढुंगामुढा गरेका थिए। ढुंगामुढाबाट चेकपोष्टमा क्षति पुगेको छ। हवाई फायरपछि भारतीयहरू भागेको हुन्।

उनका अनुसार भारतबाट नेपाल प्रवेश गर्ने बढेपछि दुबै पक्षका सुरक्षा अधिकारीबीच अहिले छलफल भइरहेको छ।