१६ भाद्र २०८३, मंगलवार
,
Latest
रसुवा बाढी अपडेटः ९८७ जनाको शव फेला, करिव ४ हजार बेपत्ता जाने होइन त हेर्न जीवित सङ्ग्रहालय ? खेतमा पानी पुगेपछि किसान खुसी रोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएन झापा गाउँपालिकाद्वारा उद्धार कोषमा २५ लाख सहयोग उर्लिएको त्रिशूली-रसुवागढीदेखि चितवनसम्म बाढीको प्रलयकारी वितण्डा (तस्बिरहरु) चीनको केरुङमा पहिरोमा ज्यान गुमाउनेहरूको स्मृतिमा शोक सभा आयोजना रसुवा बाढीः सुरुङ र पावरहाउसमा फसेकाको उद्धारमा सरकारले प्राथमिकता नदिएको आफन्तको गुनासो अस्टिनमा शोकसभा एवं दीप प्रज्वलन भोटेकोशी बाढीले ट्रक–कन्टेनर क्षेत्रमा पुर्‍याएको क्षति बुझ्न टोली रसुवा प्रस्थान
तपाईं के खोज्दै हुनुहुन्छ ?

शव नभेटिएपछि कुश–माटोको शव बनाएर अन्त्येष्टि



अ+ अ-

जुम्ला। भारतको उत्तरकाशीको धराली क्षेत्रमा साउन २० गतेको बाढीमा हराएका जुम्ला तिला गाउँपालिका–३ का ४४ वर्षीय जनकबहादुर शाहीलाई मंगलबार परिवारले प्रतीकात्मक रूपमा अन्त्येष्टि गरेको छ।

शव नपाएपछि आफन्तले धरालीको माटो र कुश प्रयोग गरी शव बनाई दाहसंस्कार गरेका हुन्। पटक–पटक खोजी गर्दा पनि करिब ५० फिट बालुवामा पुरिएको कारण शव भेटिने सम्भावना टुटेको परिवारजनले बताए।

शाही धरालीमा एक वर्षदेखि होटल सञ्चालन गर्दै आएका थिए। उनको निधनले परिवारको सपना भत्किएको भन्दै आफन्तले दुःख व्यक्त गरेका छन्। उनीहरूले नेपाल सरकारप्रति बेवास्ताको आरोपसमेत लगाएका छन्।

यसै बाढीमा घाइते भएका वीरेन्द्रबहादुर शाही र यज्ञ विक्रम शाहीको उपचार भने भारतमै भइरहेको छ।