१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

निन्द्रामा रहेका बेला रासायनिक ग्यास लिक, बिहान सकडमै ढल्न थाले मानिस

निन्द्रामा रहेका बेला रासायनिक ग्यास लिक, बिहान सकडमै ढल्न थाले मानिस
अ अ+ अ-

नयाँ दिल्ली । भारतको आन्ध्र प्रदेशको भिजागस्थित एक पोलिमर उद्योगबाट ग्यास चुहिएर भएको दुर्घटनामा सात जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा अरु १२० जना घाइते भएका छन् । 

बिहीबार बिहान विशाखापटनमको आरआर वेन्कटपुरममा रहेको एलजी पोलमर्सबाट स्टेराइन नामको ग्यास चुहिएको अधिकारीहरुले बताएका छन् । 

आन्ध्र प्रदेशका मुख्यमन्त्री वाइएस जगन मोहन रेड्डीले भिजाग ग्यास दुर्घटनाका बारेमा विशेष रुपमा अनुगमन गरिरहनु भएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ । 

उहाँले ग्यास दुर्घटनाबाट पीडितको तत्काल उपचारको व्यवस्था गर्न तथा अरु क्षति हुनबाट जोगाउन जिल्लास्थित सम्बन्ध अधिकारीहरुलाई निर्देश पनि गर्नु भएको छ । 

प्रधानमन्त्री नरेन्द्र मोदीले पनि मुख्यमन्त्री जगन मोहनलाई फोन गरी दुर्घटनालाई नियन्त्रणमा ल्याउन र उद्धार गर्न केन्द्र सरकारले सम्पूर्ण सहयोग गर्ने वचन दिनु भएको छ । 

आन्ध्र प्रदेशका पूर्व मुख्यमन्त्री एन चन्द्रबाबु नायडुले एक विज्ञप्ति प्रकाशन गरी ग्यासको सम्पर्कमा आएका व्यक्तिहरु र गाईवस्तु बेहोस अवस्थामा रहेको बताउँदै ग्यासका कारण रुखबिरुवाका पातको रङ समेत परिवर्तन भएकाले ग्यासको विषाक्तता सहजै अनुभव गर्न सकिने उल्लेख गर्नु भएको छ । 

उहाँले स्थानीयवासीलाई युद्ध स्तरमा उद्धार गर्नु पर्ने खाँचो रहेको बताउँदै पीडित सबैलाई विशिष्ट उपचारको खाँचो रहेको औंल्याउनु भयो । 

भारतमा सन् १९८४ मा मध्यप्रदेशको भोपालमा पनि यस्तै औद्योगिक ग्यास चुहिएर ठूलो संख्यामा मानिसहरुको मृत्यु हुनुका साथै कैयौं व्यक्तिहरु सख्त घाइते भएका थिए ।