१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

आन्तरिक गृहकार्य नपुगेकाले बैठक बस्न सकेन : अध्यक्ष दाहाल

आन्तरिक गृहकार्य नपुगेकाले बैठक बस्न सकेन : अध्यक्ष दाहाल
अ अ+ अ-

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटि बैठक स्थगित भएपछि पहिलो पटक प्रतिक्रिया दिनुभएको छ ।

आजका लागि बोलाइएको बैठक स्थगित भएपछि अध्यक्ष दाहालले पहिलो पटक बैठक स्थगित भएको विषयमा औपचारिक प्रतिकृया दिनुभएको हो । अध्यक्ष प्रचण्डले आन्तरिक गृहकार्य नपुगेकाले बैठक बस्न नसकेको बताउनुभयो । अध्यक्ष प्रचण्डले अहिले दुई अध्यक्षबीच छलफल जारी रहेको बताउनुभएको छ । उहाँले प्रधानमन्त्री समेत रहनुभएका अर्का अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलसकिएपछि २ दिनभित्र स्थायी कमिटी बैठक बोलाउने तयारी भएको बताउनुभयो । संसद भवन नयाँ बानेश्वरमा कोरोना परीक्षणका लागि स्वाव दिएपछि बोल्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘अलि गृहकार्य नपुगेकै हो । दुबै अध्यक्षले बैठक एक दुई दिन भित्र बोलाउँछौँ ।’

स्थायी कमिटी बैठकका एजेण्डा तय गर्न हिजो बोलाइएको सचिवालय बैठकमा सहमति जुट्न नसकेपछि स्थायी कमिटी बैठक अनिश्चित बनेको छ । 

अध्यक्ष प्रचण्डले आज नै संसद सभाहलको अनुगमन पनि गर्नुभएको छ । अनुगमनका क्रममा प्रचण्डले बैठक ढुक्कसँग बस्न सक्ने वातावरण बनेको बताउनुभयो । ‘‘पहिले एक सिट छोडेर बस्ने भन्ने थियो तर अहिले दुई सिट छोडेर बस्न मिल्ने बनाइएको छ । प्रधानमन्त्रीका लागि २ वटा रो नै छोड्ने र माथि पनि प्रयोग गर्ने बनाउनुभएको छ । स्यानिटाइजेसन गरेर राम्रोसँग स्वास्थ्य सुरक्षाका उपाय अपनाइएको छ । ढुक्कसँग बैठक बस्ने वातावरण बनेको छ ।’’ आज संघीय संसद सांसदहरु र कर्मचारीहरुको स्वाव पीसीआर परीक्षणका लागि संकलन गरीएको छ । संसद बैठक बस्नुअघि परीक्षणका लागि स्वाव संकलन गरिएको हो ।