१३ असार २०८३, शनिबार
,
Latest
गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख दुर्घटनामा मृत्यु निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

लाइसेन्स नभएका व्यक्तिले मापसे गरेर एम्बुलेन्स चलाएपछि…



अ+ अ-

काठमाडौं । काठमाडौंमा एक व्यक्ति सवारी अनुमतिपत्र (लाइसेन्स) नै नबनाई मापसे गरेर एम्बुलेन्स चलाएको भेटिएको छ । गौशालामा एक निजी कारलाई ठक्कर दिएपछि भएको अनुसन्धानका क्रममा उनले अहिलेसम्म चालक अनुमतिपत्र नबनाएको र मापसे गरेर एम्बुलेन्स चलाएको फेला परेको प्रहरीले जनाएको छ ।

कारलाई ठक्कर दिए पनि ठूलो दुर्घटना हुनबाट भने जोगिएको छ । मित्रपार्कबाट त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलतर्फ जाँदै गरेको बा १० च ८५१३ नम्बरको निजी कारलाई विपरित दिशाबाट आएको बा ८ छ ६९२८ नम्बरको एम्बुलेन्सले आज अपराह्न ठक्कर दिएको थियो ।

दुर्घटनामा कार चालक सविन श्रेष्ठ घाइते भएको र दुवै सवारीसाधनमा क्षति पुगेको प्रहरीले जनाएको छ । मोरङको पथरी बस्ने एम्बुलेन्स चालक वर्ष ३६ का रामबहादुर चौधरीलाई पक्राउ गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । आवश्यक कारवाहीका लागि उनलाई महानगरीय ट्राफिक प्रहरी वृत्त, गौशालामा राखिएको छ ।