१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

काँग्रेस नेता कुँवर स्वास्थ्य सामग्री बोकेर गाउँ गाउँमा

काँग्रेस नेता कुँवर स्वास्थ्य सामग्री बोकेर गाउँ गाउँमा
अ अ+ अ-

बागलुङ । नेपाली काँग्रेसका क्षेत्रीय सभापती दोर्णकुमार कुवँर लगायतको टोली स्वास्थ्य सामग्री बोकेर गाउँ गाउँमा पुगेका छन् । उनीसहितको सो टोलीले बागलुङ क्षेत्र नम्बर २ ख का सबै पालिकामा पुगेर स्वास्थ्य सामग्री हस्तान्त्रण गरेको हो । कार्यक्रमको आयोजना गरेर उनीहरुले सामग्री हस्तान्तरण गरेका हुन् ।  बागलुङ ढोरपाटन समाज हङकङद्धारा उपलब्ध गराइएको थर्मलगन र पार्टीको तर्फदेखि पीपीई लगाएत अन्य स्वास्थ्य सामग्री सबै पालिकामा पुगेर हस्तान्त्रण गरीएको नेता कुवँरले बताए। उनीहरुको सो टोलीले बुधबार गलकोट नगरपालिका र ताराखोला गाउँपालिकामा र बिहीबार बडिगाड गाउँपालिकामा पुगेर उक्त स्वास्थ्य सामग्री हस्तान्त्रण गरीएको हो । बडिगाड गाउँपालिकामा आयोजित कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत बालकृष्ण सुवेदीलाई १२ थान थर्मलगन, २ थान पीपीई, एक लिटर सेनिटाईजर, सोडियम हाईड्रो क्लोरिन ५ लिटर, स्प्रे मेशिन एक थान हस्तान्त्रण गरीएको हो । उक्त स्वास्थ्य सामग्री गाउँपालिका भरका स्वास्थ्य संस्थामा पुर्याउने गरी गाउँपालिकालाई जिम्मा दिइएको नेता कुवँरले बताए ।

उक्त सामग्री प्राप्त भएसँगै प्रमुख प्रशासकीय अधिकृत सुवेदीले कोरोना भाइरस कोभिड १९ का कारण स्वास्सथ्य क्षेत्रमा भएको चुनौतिलाई बुझ्दै बागलुङ ढोरपाटन समाज हङकङ र नेपाली काँग्रेस क्षेत्रीय समितीले गरेको सहयोग उदाहरणिय रहेको बताउँदै सहयोग गर्ने दुबै निकायलाई धन्यबाद ज्ञापन गरे । त्यस कार्यक्रममा नेता कुवँरले पछिल्लो समय विश्वव्यापि रुपमा फैलिएको कोरोना भाइरसका कारण विश्व आक्रान्त बनिरहेको अवस्थामा नेपालको हकमा समेत त्यसको प्रत्यक्ष प्रभाब परिरहँदा देशका नागरीक र स्वास्थ्य क्षेत्रलाई व्यवस्थापन गर्नु, सहयोगमा एकताबद्ध हुनु सबैको दायित्व रहेको बताउँदै आफनो पार्टी र नेपाली जनताको समस्यालाई आत्मसाथ गरी बैदेहिक रोजगरी र पेशा व्यवसायमा रहेका प्रवासी बागलुङ ढोरपाटन समाज हङकङमा आवद्ध दाजुभाईहरुले सम्मोन्य कारी रुपमा सहयोग अगाडी बढाइएको बताउँदै यस्तो विपदको समयमा सबैले आ–आफनो क्षेत्रबाट सहयोग गर्नुपर्ने बताए ।

आयोजित कार्यक्रममा नेकपा बडिगाड गाउँपालिका संयोजक गुणानिधी आर्चाय, नेपाली काँग्रेस वडिगाड गाउँपालिका सभापती अर्जुन खरेल, नेपाली काँग्रेस जिल्ला सदस्य गण्डकी थापा, महाधिवेशन प्रतिनिधी मञ्जेशबम मल्ल, सोम पौवी, जिल्ला सदस्य सरस्वती आर्चाय, क्षेत्र नम्बर २ पार्टी सचिव दिपेन्द्र श्रेष्ठ, वडा नम्बर ६ का अध्यक्ष मौसम काजी क्षेत्री, वडा नम्बर ९ का अध्यक्ष कृष्ण बहादुर खत्री, वडा सदस्य दिपेन्द्र केसी, चुडामणि छन्त्याल, स्वास्थ्यकर्मी चुडामणि कँडेल , सित्तल शर्मा लगाएतको उपस्थितीमा उक्त स्वास्थ्य सामग्री हस्तान्त्रण गरीएको थियो ।

त्यसैगरी हिँजो गल्कोट नगरपालिका मेयर भरत शर्मा गैरे, उपमेयर रेनुका काउचा, राजनैतिक दलका प्रतिनिधी लगाएतको स्सहभागितामा स्वास्थ्य सामग्री हस्तान्त्रण गरीएको छ । गलकोट नगरपालिकाका सबै स्वास्थ्य सस्थामा सहज रुपमा सेवा उपलब्ध गराउन नगरपालिकालाई थर्मलगन १३ पिस, स्प्रे मेशिन १ सेट, सोडियम हाइड्रोक्लोराइड ५ लिटर, सेनिटाईजर २ लिटर, माक्स ,पिपिई स्पेशल २ सेट र पिपिई साधारण २ सेट लगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरीएको नेता कुवरको भनाई छ ।

गलकोट नगरपालिकामा गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले स्वास्थ्य समाग्री उपलब्ध गराएको भन्दै बागलुङ ढोरपाटन समाज हङकङ र नेपाली कांग्रेस क्षेत्र नम्बर २ लाई धन्यवाद व्यक्त गरेका थिए। सो अबसरमा गलकोट नगरपालिकाका सबै स्वास्थ्य सस्थाका प्रमुखहरुलाई थर्मलगन, सेनिर्टाजर तथा माक्स लगाएतका सामग्री हस्तान्तरण गरिएको प्रशासकिय अधिकृत राजन कडेलको भनाई छ ।

यसैबिच ताराखोला गाँउपालिका भित्रका सबै स्वास्थ्य सस्थाहरुलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरीएको छ ।
ताराखोलाका सबै स्वास्थ्य सस्थामा सहज रुपमा उपलब्ध गराउन गाउँपालिकालाई थर्मलगन ६ पिस, ६ बक्स ग्लोव्स, सोडियम हाइड्रोक्लोराइड ५ लिटर, सेनिटाईजर, साबुन, सिटामोल, जिवनजल, पिपिई ६ सेट लगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । स्वास्थ्य सामग्री प्रदान गरेको भन्दै ताराखोला गाँउपालिकाका अध्यक्ष प्रकाश घर्तिले बागलुङ ढोरपाटन समाज हङकङ र नेपाली कांगेस क्षेत्रीय समिति बागलुङलाई धन्यवाद ज्ञापन गरेका थिए ।

गल्कोट र ताराखोला गाउँपालिकामा आयोजित कार्यक्रममा नेपाली काँग्रेसका नेताहरु मञ्जेशवम मल्ल, मञ्जु शर्मा चालिसे, वडा अध्यक्ष विरजंग भण्डारी, हेमन्त भण्डारी, समाजसेवी भिमशेन श्रेष्ठ केयरसिँह खत्री लगाएत जनप्रतिनिधी र राजनैतिक दलका प्रतिनिधीको उपस्थिति रहेको थियो ।

उता ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपाकिलाकामा समेत पालिका प्रमुखलाई स्वास्थय सामग्री हस्तान्त्रण भइसकेको छ । बागलुङ क्षेत्र नम्बर १ अन्तर्गतका ४ पालिकामा रहेको सबै स्वास्थ्य सँस्थालई सामाग्री पुर्याउने गरी प्रदेश २ ‘ख ‘का सांसद खिमविक्रम शाहिलाई जिम्मा दिइएको थियो ।