१९ मंसिर २०८२, शुक्रबार
,
Latest
चुरे क्षेत्रको अवैध उत्खनन रोक्न अनुगमन भदौमा त्यो स्थिति जे आयो, त्यो त न तपाईँको हातमा थियो, न हाम्रो हातमा थियो कांग्रेस सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन स्थानियतह देखी प्रदेश तथा संघलाई कानून निर्माणका सहजीकरण गर्दे कानून समाज छ दिनमा १२ जना फरार प्रतिवादी पक्राउ सहरी क्षेत्रको माटोको गुणस्तर अभिवृद्धि गर्नु जरुरी छः मन्त्री परियार मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

समृद्ध नेपाल निर्माणमा मुलुक बाहिरका नेपालीको लगानी आवश्यक छः अर्थमन्त्री पौडेल



अ+ अ-

काठमाडौँ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले विश्वभरि छरिएर रहेका नेपालीलाई नेपालमा आएर लगानी गर्न आह्वान गर्नुभएको छ ।

एसोसिएसन अफ नेपाली ओरिजियन (एएनओ) नेपाल च्याप्टरको प्रथम अधिवेशनको आज उद्घाटन गर्दै उहाँले विभिन्न कारणले विदेसिएका र विदेशमा व्यापार गरिरहेका नेपालीलाई स्वदेशमा लगानी गर्न आग्रह गर्नुभएको हो ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले भन्नुभयो,“देशको विकास र समृद्धि नै नेपालीको सुख तथा समृद्धि भएकाले सरकारले सोहीअनुसार काम गरिरहेको छ । यसमा विदेशमा रहनुभएका नेपालीबमे सहयोग आवश्यक छ । सरकारले लगानीको वातावरण तयार पारिरहेको छ र अझै सहजीकरण गर्न तयार छ ।”

सांस्कृतिक राष्ट्रियतालाई जोड्न पनि एएनओको भूमिका रहेको भन्दै उहाँले यस्ता कार्यक्रम आदानप्रदान हुन आवश्यक रहेकामा जोड दिनुभयो ।

एएनओका केन्द्रीय अध्यक्ष डिल्ली अधिकारीले आमनेपालीको सुनौलो भविष्य निर्माणमा सहयोग पुगोस् भन्ने उद्देश्यले विश्वका ३२ वटा देशमा रहेका नेपालीको सहभागितामा गत वर्ष थाइल्यान्डमा संस्था गठन गरिएको जानकारी दिनुभयो ।

महासचिव चुडामणि भट्टराईले एएनओ गठनको उद्देश्यबारे आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रम सञ्चालक नेपाल टेलिभिजन सञ्चालक समिति सदस्य पूmलमान बलले पनि एएनओ गठनको उद्देश्यबारे जानकारी गराउनुभएको थियो । सम्मेलनमा इन्ट्रा फाउन्डेसन नेपाल च्याप्टरका अध्यक्ष बाबुकृष्ण कार्कीले पनि आफ्ना धारणा राख्नुभएको थियो ।

सम्मेलनमा पूर्वउपरथि कृष्णप्रसाद सापकोटाको संयोजकत्वमा १३ सदस्यीय एएनओको नेपाल च्याप्टरसमेत गठन गरिएको छ । समितिमा उपाध्यक्षमा राजेन्द्र अधिकारी, महासचिवमा फूलमान बल, सचिव कृष्णप्रसाद ओडारी तथा कोषाध्यक्षमा यमुना पराजुली अधिकारी चयन हुनुभएको छ ।

साथै सदस्यमा गीता गुरुङ, डा सुशीला नेपाली, रन्जन बिडारी, कृष्ण विक, रविता तामाङ, सुनिल थापा र दीक्षा चपाई चयन हुनुभएको छ । रासस