७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

पशुपतिमा सहजै दर्शनको व्यवस्था

पशुपतिमा सहजै दर्शनको व्यवस्था
अ+ अ-

काठमाडौँ । यस वर्ष हरितालिका (तीज) पर्वमा पशुपतिनाथ मूल मन्दिर प्रवेश गर्ने महास्नानघर र दक्षिणढोकाअघि बनेको अस्थायी अकासेपुलले भक्तजनलाई दर्शन गर्न सहज भएको छ ।

दुई अकासेपुलका कारण पशुपतिनाथको मूल मन्दिर परिसरमा धेरै घुइँचो हुन पाएको छैन । महिला बर्तालुले सहज रूपमा दर्शन गरेर फर्कन पाएका छन् । अकासेपुलले भक्तजनलाई आवागमनमा सहज बनाएको पशुपति क्षेत्र विकास कोष संस्कृति संरक्षण महाशाखाका निमित्त प्रमुख अरुणकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

मन्दिरको मुख्य क्षेत्रमा सुरक्षा निकाय र कोषका कर्मचारीले व्यवस्थापन गरेका छन् । विगतका वर्षमा मन्दिरको मुख्य क्षेत्रमा स्वयंसेवककै समूहले बाटो जाम गर्ने समस्या हुन्थ्यो । स्वयंसेवकलाई मन्दिरको मुख्य क्षेत्र बाहिर नै सहजीकरणका लागि खटाइएको कोषका निमित्त सदस्यसचिव सुभाषचन्द्र जोशीले जानकारी दिनुभयो । सुरक्षा निकाय र कोषले नै अन्य व्यवस्थापनको काम गर्ने भएकाले स्वयंसेवकलाई बाहिरी भागमा सहजीकरणमात्र गर्न भनिएको उहाँले बताउनुभयो । पशुपतिनाथ मन्दिरमा विशेष पूजाको रसिद नकाट्दा पनि महिला बर्तालुले छिटो दर्शन गरेर फर्कन सहज भएको हो ।

मूल मन्दिरअघिको मुख्य क्षेत्रमा विगत वर्षमा ब्राह्मण राख्दा पनि बढी भीड हुने गरेको थियो । कोषले यस वर्षदेखि गोदान, पूर्णपात्र गर्नलाई नयाँ सोभेनियर पसल बनेको गणेश मन्दिर अघिको भाग छुट्याएकाले पनि भक्तजनलाई व्यवस्थित गर्न सहज भएको हो । आगामी पर्वमा पशुपति क्षेत्रमा अझै व्यवस्थित गर्दै लैजाने योजना कोषको छ । कार्यविधि नै बनाएर पशुपति क्षेत्रमा ब्राह्मण व्यवस्थित गर्न लागिएको कोषका निमित्त सदस्यसचिव जोशीले बताउनुभयो ।

कोषले मन्दिरको पश्चिम मूल ढोकाअघि गरेको वाष्पीकरणले पनि भक्तजनलाई सहज भएको छ । भदौरे तातो घाममा महिला वर्तालु वाष्पीकरणको आनन्दानुभूतिमा रमाएका छन् । बाहिरबाट मन्दिरअघिको पश्चिम मूल ढोकामा आउँदा शीतलतासँगै आनन्द लागेको जावलाखेलबाट दर्शन गर्न आउनुभएकी रश्मी खत्रीले बताउनुभयो ।

पशुपतिनाथ मन्दिरमा दर्शन गरेपछि भक्तजनले पशुपति क्षेत्रमा नाचगान तथा भजन कीर्तन गरी रमाइलो गरिरहेका छन् । तीजका अवसरमा पशुपति क्षेत्रमा विभिन्न संस्थाले स्वास्थ्य शिविर आयोजना गरेका छन् । नेपाली सेना र काठमाडौँ महानगरपालिकाले मन्दिरको मुख्य क्षेत्रमै स्वास्थ्य परीक्षण गरी महिला वर्तालुको सेवा गरिरहेका छन् ।

पशुपति क्षेत्रमा विभिन्न सङ्घ संस्थाले खानेपानी निःशुल्क वितरण गरेका छन् । कोषका सूचना अधिकारी अनिता भट्टका अनुसार तुलनात्मक रुपमा पशुपतिनाथ सबै ढोकाबाट उल्लेख्य रुपमा भक्तजन दर्शन गर्न आइरहेका छन् । पहिलो लाम गौरीघाट–उमाकुण्ड–दक्षिणामूर्ति–रुद्रगाडेश्वर–वासुकी हुँदै उत्तरढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गरी पश्चिम मूलढोकाबाट बाहिर निस्किएर कैलाश दक्षिण जुत्ताचप्पल कक्षबाट जुत्ताचप्पल लिई फर्कने व्यवस्था मिलाइएको छ ।

दोस्रो लाम मित्रपार्क–जयवागेश्वरी–पाचागणेश–भीमसेनस्थान–भूवनेश्वरी–शङ्कराचार्य मठ दक्षिण हुँदै फलामे पुल पश्चिम सानो ढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गरी पश्चिम मूलढोका हुँदै बाहिरिने र शङ्कराचार्य मठ दक्षिण जुत्ताचप्पल कक्षबाट जुत्ताचप्पल लिई फर्कने व्यवस्था मिलाइएको छ । तेस्रो लाम पिङ्गलास्थान–चारशिवालय–पञ्चदेवल–बज्रघर–दक्षिण ढोकासम्मको लाईनलाई कोटिलिङ्गेश्वर मन्दिर छेउको सानो ढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गरी दक्षिण ढोका हुँदै बाहिरिने र पञ्चदेवल पूर्व अस्थायी रुपमा निर्माण गरिएको जुत्ताचप्पल कक्षबाट जुत्ताचप्पल लिई फर्कने व्यवस्था मिलाइएको छ ।

चौथो लाम तिलगङ्गा–राम मन्दिर हुँदै वागमती नदी पूर्व किनार हुँदै आर्यघाट नजिकको पुल तरेर श्रीपशुपतिनाथ मन्दिरको पूर्व ढोकाबाट प्रवेश गरी पूर्व ढोकाबाटै बाहिरिने र आर्यघाट नजिकको पुलसँगैको अस्थायी जुत्ताचप्पल कक्षबाट जुत्ताचप्पल लिई फर्कने व्यवस्था मिलाइएको छ । मूल मन्दिरभित्र भने आठ लामको व्यवस्था गरिएको कोषका निमित्त सदस्य सचिव जोशीले जानकारी दिनुभयो ।

दर्शनार्थीहरुले छिटो दर्शन गरी फर्कन सक्ने गरी विहान ३ बजेदेखि नै मन्दिरका चार वटै ढोका खोलिएका थिए । पशुपतिनाथको मन्दिरमा गरिने श्रीयन्त्र पूजाको समयमा समेत जाली राखी बाहिरबाटै दर्शन गर्न सक्ने व्यवस्था मिलाइएको छ । पशुपतिनाथको दर्शन गरी फर्कंदा पशुपतिनाथ मन्दिर प्राङ्गणभित्र दर्शनार्थी र अन्य भक्तजनको सुविधाका लागि मन्दिरको चन्दन पश्चिम ढोका वाहिर सानोसदावर्त सत्तल, पञ्चदेवल पूर्वदक्षिण, उमाकुण्ड, दक्षिणामूर्ति, तिलगङ््गा वनकाली, गौशाला, जयवागेश्वरीमा समेत वितरणको व्यवस्था मिलाइएको छ ।

पर्यटक प्रवेश शुल्क तिरी टिकट लिएका तेस्रो मूलुकका पर्यटकलाई मेला क्षेत्रमा ९मन्दिर प्राङ्गण बाहेक० अवलोकन भ्रमण गर्न दिइने कोषका सूचना अधिकारी भट्टले बताउनुभयो । भक्तजनबाट गौदान, पूर्णपात्रो जस्ता ब्राह्मण प्रयोग गरी गरिने धार्मिक कार्यका लागि भकुण्टोल–वनकाली मार्गको दायाँ वायाँ क्षेत्रमा व्यवस्था मिलाइएको छ ।

बहुमूल्य गरगहना लगाएर र स–साना बालबालिकालाई साथमा लिएर पशुपतिनाथको दर्शन गर्न नआउन कोषले भक्तजनमा अनुरोध गरेको छ । मन्दिर दर्शन गर्न कुनैपनि प्रवेशाज्ञा पत्रको व्यवस्था नगरिएको कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीले जानकारी दिनुभयो । आज वर्तालु महिलाको घुइँचो हुने भएकाले विशेष पूजा नराखिएको उहाँले बताउनुभयो । बेलुकी ०७ः३० बजेसम्म भक्तजनलाई दर्शन गर्न मूल मन्दिर प्रवेश गराउने कोषले जनाएको छ ।

अहिलेसम्म मूल मन्दिरभित्र प्रवेश गरेर करिब दुई लाखभन्दा बढी भक्तजनले दर्शन गरिसकेको प्रारम्भिक अनुमान गरिएको कोषका सूचना अधिकारी भट्टले बताउनुभयो । बाहिरी भागमा पनि त्यत्तिक्कै सङ्ख्यामा भक्तजनको उपस्थिति छ । तीजमा ४० संस्थाले स्वयंसेवक परिचालन र सेवाका लागि अनुमति लिएको कोषले जनाएको छ ।