१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

विवाहमा दाइजो मास्क र स्यानिटाइजर

विवाहमा दाइजो मास्क र स्यानिटाइजर
अ अ+ अ-

पोखरा .कोरोना भाइरसको जोखिम हुन नदिन जारी बन्दाबन्दीका बीच यहाँ एक जोडी वैवाहिक जीवनमा बाँधिएका छन् ।

बैदिक विधिपूर्वक विवाह बन्धनमा बाँधिएका पोखरा महानगरपालिका  वडा नं  २७ घर भएकी बेहुली अनुषा बाँस्तोला र पोखरा–३० का बेहुला दीविन भट्टराईको बिहीबार सम्पन्न विवाहमा  दुवै पक्षका घरपरिवारका सदस्यको मात्रै उपस्थिति थियो । सामाजिक दूरी कायम राख्दै स्थानीय निकायसँग स्वीकृति लिएर विवाह सम्पन्न गरिएको हो । विवाहमा बेहुली पक्षले बेहुला पक्षलाई अन्य कुनै उपहार नभइ मास्क र स्यानिटाइजरलगायतका स्वास्थ्य सामग्री दाइजोका रूपमा दिएका थिए ।

संस्कार र संस्कृतिको संरक्षण गर्दै परम्परागत चलिआएको दाइजो प्रथालाई तोड्दै सन्देशमूलक ढङ्गले विवाह गर्न बेहुलापक्ष राजी भएपछि छोरी दिने निर्णय गरेको बेहुलीका बुबा नेत्रपाणि बाँस्तोलाले जानकारी दिनुभयो ।  सो विवाहले कम खर्चमा विवाह गर्न सकिन्छ र स्वयं आफै रोगसँग डराउने हो तर काममा डराउने होइन भन्ने दरिलो उदाहरण समेत  बनेको छ ।

यसअघि गत वैशाख १३ गते नै विवाह गर्ने कार्यक्रम तय भए पनि बन्दाबन्दीका कारण प्रभावित भएको र अझै लम्बिने अवस्था आएपछि दुवै पक्ष विवाहका लागि राजी भइएको बेहुलाका बुबा दीपक भट्टराईले बताउनुभयो । विवाहमा दाइजोको रूपमा तडकभडक गर्नैपर्छ भन्ने छैन भन्ने कुरामा दुवै पक्षबीच सहमति भएसँगै आफ्नो संस्कृतिको रक्षा गर्दै कम खर्चमा पनि विवाह गर्न सकिने कुरालाई यो वैवाहिक सम्बन्धले पुष्टि गरेको छ ।

यसैबीच विवाहको खर्च कटाएर बेहुली पक्षले विभिन्न १२ वटा सामाजिक सङ्घसंस्थालाई रु पाँच लाख सहयोग गर्ने घोषणा गरेका छन् । विवाह समारोहमा नेपाल पत्रकार महासङ्घ कास्की शाखालाई रु ५५ हजार ५५५ सहयोग गरिएको छ । बेहुलीका बुबा  बाँस्तोलाले उक्त रकम महासङ्घका अध्यक्ष दीपेन्द्र श्रेष्ठलाई हस्तान्तरण गर्दै पत्रकारको सुरक्षाका लागि ज्याकेटको व्यवस्थामा सहयोग गरेको बताउनुभयो । उक्त अवसरमा महासङ्घ कास्कीका अध्यक्ष  श्रेष्ठले नवविवाहित जोडीलाई बधाइ एवं सफल दाम्पत्य जीवनको शुभकामना दिँदै विवाहमा गरिने फजुल खर्चको कटौती गरेर कम खर्चमा पनि विवाह गर्न सकिने कुराको सबैले अनुकरण गर्नुपर्ने बताउनुभयो ।