७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी

हिरासतमा लेखिएका रवीन्द्र मिश्रका कविताको सङ्ग्रह भदौ २८ मा सार्वजनिक हुँदै

हिरासतमा लेखिएका रवीन्द्र मिश्रका कविताको सङ्ग्रह भदौ २८ मा सार्वजनिक हुँदै
अ+ अ-

काठमाडौं- राप्रपाका वरिष्ठ उपाध्यक्ष एवम् लेखक रवीन्द्र मिश्रले ५० दिन प्रहरी हिरासतमा रहेका बखत लेखेका कविताहरूको सङ्ग्रह ‘माथिको आदेश छ’ भदौ २८ मा सार्वजनिक गरिने भएको छ।

‘माथिको आदेश छ’मा सङ्गृहीत कविता हिरासतसँगको बाध्यात्मक संसर्गबाट जन्मिएका सन्तान रहेको मिश्रले बताए । ‘यी कविता ‘हिरासतको ‘म’का आवाज, आवेग र आर्तनाद हुन्,’ उनले भनेका छन्।‘५० दिन हिरासतमा बस्दा मलाई ३५ ओटा कविता फुरेछन् ।

कविताको सोच दिमागमा आउनु सामान्य हो तर त्यो सोच कविताको स्वरूपमा अभिव्यक्त हुनु असामान्य हो । हिरासत बसाइमा मलाई निरन्तर रूपमा कविताका सोचहरू दिमागमा फुरेछन् र तिनलाई मैले कवितामा रुपान्तरण गर्न सकेछु,’ कविताबारे उनले भनेका छन्।

‘तर त्यति छोटो अवधिमा त्यति धेरै कविता मैले जीवनमा कहिल्यै लेखेको थिइनँ । हिरासत बसाइका क्रममा कुनै दिन दुई ओटा कविता पनि लेखेको रहेछु।’

मिश्रको यो दोस्रो कविता संग्रह हो । उनको पहिलो कविता संग्रह ‘रवीन्द्र मिश्रका कविता’ २०७१ सालमा प्रकाशन भएको थियो।

‘रवीन्द्र मिश्र कवि हुन कविता लेख्दै छैनन्, कविता लेख्न कवि स्वरुपमा अवतरित छन् । कविले होइन, कवित्वले कविता लेखाएको छ,’ कवितासङ्ग्रहको पाण्डुलिपि अध्ययन गरेका मदन पुरस्कार विजेता कवि तथा गीतकार नवराज लम्सालको टिप्पणी छ, ‘यसमा सूक्ष्म कथ्यमाथि बलियो र अटुट काव्यप्रवाह छ । यस सङ्ग्रहमा अध्यात्मतर्फ कविको आकर्षण पनि सुन्दर, सशक्त र गहिरो रुपमा प्रकट भएको छ।’

‘पत्रकारिता, परोपकार वा राजनीतिको छविबिनै यस सङ्ग्रहका कवि रवीन्द्र मिश्र पूर्ण छन् । मिश्रलाई कविताको बाटोमा दह्रो गरी खुट्टा टेकेर उभिन यो कवितासङ्ग्रह पर्याप्त रहेको पद्मश्री साहित्य पुरस्कार विजेता कवि नवराज पराजुलीको बुझाइ छ । ‘अनुभूतिलाई शब्दमा बिछ्याउँदा कविताको जुन बाटो बन्छ, रवीन्द्र मिश्र त्यो बाटोभरि इमानदार लाग्छन् । इमानदारी सौन्दर्य बनेर उनका कवितामा फुलेको छ,’ पराजुलीले लेखेका छन्।

कवितासङ्ग्रह फाइनप्रिन्टले प्रकाशन गर्न लागेको हो।