१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

लकडाउन खुल्ने आसमा बारीमा कुहिन थाल्यो तरकारी

लकडाउन खुल्ने आसमा बारीमा कुहिन थाल्यो तरकारी
अ अ+ अ-

कैलाली । धनगढी उपमहानगरपालिका–२ स्थित दीप टोल नजिकै चार बिघा जमिन लिजमा लिई व्यवसायिकरुपमा तरकारी खेती गर्दै आएका मुमताज गुप्ता उत्पादन भएको तरकारी बारीमै बिग्रिन थालेपछि चिन्तित भएका छन् ।

“बारीमा उत्पादन भएको तरकारी धनगढीको त्रिनगर कृषि उपज हाटबजार, चौराहाको रामजानकी सब्जीमन्डी र बजारका होटेलमा बिक्री गर्ने गर्थे”, उहाँले भन्नुभयो, “लकडाउनले बजार पूर्णरुपमा ठप्प भएपछि बिक्री गर्न एकदमै मुस्किल भएको छ ।” उहाँले होटेल तथा फुटपातमा लगाइएका ठेलामा चाउमिन, ममलगायत परिकारका लागि विशेषगरी प्रयोगमा आउने बन्दाको तरकारी त पूरैका पूरै बारीमै रहेको बताउनुभयो । 

बारीमै फुटकर तरकारी लिने ग्राहक आउने गरेको भए पनि त्यो बिक्रीले व्यवसायमा केही हलचल नहुने उहाँको भनाइ छ । “दिनमा आठ/दश किलो तरकारी बिक्री हुने गरेको भए पनि त्यो बिक्रीले आफ्नो लगानीसमेत उठ्दैन । उहाँले लकडाउनअघि तीनदेखि पाँच क्विन्टलसम्म तरकारी बजार जाने गथ्र्यो तर हिजोआज अत्यन्त न्यून बिक्री भएका कारण ठूलो परिमाणमा उत्पादन भएका तरकारी त्यत्तिकै बारीमा खेर गइरहेको बताउनुभयो । 

अहिले बारीमा २५ क्विन्टल पाकेको गोलभेडा, ६० क्विन्टलभन्दा बढी बन्दागोबीलगायत तरकारी बिक्रीका लागि तयारी अवस्थामा छन् तर कहाँ लगेर त्यो बिक्री गर्ने समस्या भइरहेको उहाँको गुनासो छ । “गत चैत ११ गतेदेखिको बन्दले अब त जमिनवाला साहुलाई भाडा तिर्न सकिने अवस्था छैन”, उहाँले भन्नुभयो, “जमिनको भाडा कहाँबाट दिने र परिवार जहान कसरी पाल्ने भनेर चिन्ता लागेर राति निद्रा लाग्नसमेत छोड्यो ।”

उहाँले लकडाउन खुल्ने आसैआसमा एक दुई हप्ता गर्दा गर्दा झण्डै दुई महिना पुग्न थालिसक्यो, कहिले खुल्ने हो अब त खुल्ला र तरकारी बिक्री गरौँला भन्ने आस मर्न थालिसकेको बताउनुभयो । लकडाउन खुलुन्जेलसम्म त बारीको तरकारी कुहेर कामै नलाग्ग्ने भइसक्ने उहाँको भनाइ छ । आफूले तरकारी बिक्री गर्ने गरेको कृषि उपज हाटबजार, होटेललगायत मानिसको भीडभाड हुने क्षेत्र त झनै अहिले खुल्न सक्ने कुनै सम्भावना नभएको उहाँले विचार व्यक्त गर्नुभयो ।

पाँच वर्षदेखि जमिन लिजमा लिई व्यावसायिकरुपमा तरकारी खेती गर्दै आएका गुप्ताले वार्षिक रु आठदेखि १० लाख जति फाइदामात्र हुने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “विगत सिजनमा तरकारी व्यवसायबाट निकै आम्दानी हुने गथ्र्यो तर अहिलेको समस्याले व्यवसाय पूरै घाटामा छ, लगानी उठ्न पनि मुस्किल छ ।”

बन्दाबन्दीले व्यवसायमा त अप्ठ्यारो नै पर्न थाल्यो हुँदाहुँदै परिवारको लालनपालनका लागि खर्च जुटाउनसमेत समस्या हुन थालेको उहाँको भनाइ छ ।