१३ श्रावण २०८३, बुधबार
,
Latest
मन्त्री बादी र युनिसेफ नेपालकी प्रतिनिधिबीच भेटवार्ता, बालविवाह अन्त्य र महिला–बाल अधिकार संरक्षणमा जोड चितवनकाे देवघाटमा शवदाह गृह सार्वजनिक–निजी साझेदारी ‘मोडेल’मा सञ्चालन गर्ने तयारी हात्ती धपाउन लगाइएको तारको करेन्ट लाग्दा एक जनाको मृत्यु माईतीघरको डुबान अन्त्य गर्न ढल निकास फराकिलो बनाउने कार्य शुरुः ढल अतिक्रमण गरी बनाइएका संरचनामाथि… चिकित्सा शिक्षा आयोगको ६ अर्ब ५५ करोडको बजेट स्वीकृत निर्वाचन आयोगमा निर्णय प्रक्रिया अल्पमत र बहुमतका आधारमा नभई सर्वसम्मत हुनुपर्छः सांसद ढुंगाना सांसद विष्टको प्रश्नः निर्वाचन आचारसंहिता उल्लंघन भए प्रधानमन्त्रीलाई पनि अन द स्पट कारबाही गर्न सक्नुहुन्छ… १६ वर्षमै मतदानको अधिकार दिनुपर्छः रास्वपा प्रमुख सचेतक बुर्लाकोटी चिकित्सक र बिरामी दुवैको सुरक्षालाई समान प्राथमिकता दिँदै स्वास्थ्य मन्त्रालय दीर्घकालीन सुधारको तयारीमा नेपाल टेलिकमका सबै टावरमा विद्युत् सेवा पुर्याउन सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दरखाने दिनले माइती र चेलीलाई प्रगाढ पारिवारिक ममताले जोडोस् : प्रधानमन्त्री ओली



अ+ अ-

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले दर खाने दिनको शुभकामना व्यक्त गर्नुभएको छ ।

सामाजिक सञ्जालमार्फत आज उहाँले शुभकामना व्यक्त गर्नुभएको हो । “आजको दिनले हामी सबै माइती र चेलीलाई प्रगाढ पारिवारिक ममताले जोडोस्, संस्कृतिको सुगन्धले जीवन भरिओस्”,प्रधानमन्त्री ओली लेख्नुभएको छ, “तीजको दर खाने दिन ।

पूर्वीय समाजको संयुक्त परिवार संस्कृतिमा आधारित यस पर्वले विवाहित छोरी र माइतीबीचको पारिवारिक मिलापलाई प्रगाढ बनाउँछ ।”प्रधानमन्त्री ओलीले हिजोको समाजमा आजको जस्तो भौतिक सुविधा  नभएको उल्लेख गर्दै हिजो एउटा गाउँबाट अर्को गाउँमा पैदल हिँडेर पुग्नुपर्ने बाध्यता रहेको स्मरण गर्नुभयो ।

“खोलानाला तर्ने पुल थिएनन्, खबर आदानप्रदान गर्ने माध्यमहरू थिएनन् । तीजमा विवाहित दिदीबहिनीहरूलाई लिन जाने चलन थियो । पुरानो पारिवारिक र सामाजिक जीवनका कठिनाइहरू तीजका पुराना गीतमा पाइन्छन् । दर माइती घरमा नै खाने चलन थियो”, उहाँले उल्लेख गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले आज संयुक्त परिवार संस्कृतिमा ठूलो परिवर्तन आएको बताउनुभएको छ । “सामाजिक व्यवस्थामा आएको परिवर्तनले महिलामा आत्मनिर्भरता र सशक्तीकरण बढिरहेको छ । त्यसैले दर खाने प्रचलनमा फेरबदल आएको छ । विवाहित छोरीसहित वर्षमा एक दिन भए पनि तीन पुस्तासम्म एउटै छानोमुनि बसेर दर खाँदै आत्मियता साट्ने अवसर हो”, उहाँले भन्नुभएको छ ।

तीजको अघिल्लो दिन आज माइतीले चेलीबेटीलाई घरमा बोलाएर दर खुवाउने परम्परा छ । दरलाई तीजको व्रतको पूर्वतयारीको रूपमा लिइन्छ । रासस




भर्खरै