२४ असार २०८३, बुधबार
,
Latest
जंगली विषालु च्याउले बर्सेनि लिन्छ ज्यान, सचेतनाका लागि छैन छुट्टै कार्यक्रम औषधि आपूर्तिमा अनियमितता गरेको आरोपमा आठ कर्मचारीविरुद्ध मुद्दा ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन, मृतक परिवारलाई राहत छानबिन प्रतिवेदन नआउँदासम्म बसपार्कको जग्गा दाबी गर्न मिल्दैनः पोखरा महानगरपालिका प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित कोशी प्रदेश सरकारको निर्णय सभामुखसमक्ष बुझाइएको प्रतिवेदन कार्यान्वयनका लागि सचिवालयलाई निर्देशन शैक्षिक परामर्श संस्थामा कडाइ, २५ लाख धरौटी र ‘डिजिटल’ कारोबार अनिवार्य सुडानमा ड्रोन आक्रमणबाट कम्तीमा २० सर्वसाधारणको मृत्यु राहदानी सेवा दुई दिन बन्द हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

पशुपतिमा सात सय जनशक्ति परिचालन गरिने



साउन महिनाको तेस्रो सोमबार आज काठमाडौँको पशुपतिनाथ मन्दिर परिसरमा भगवान् शिवको पूजा आराधना गर्दै भक्तजन । तस्बिरः हरिराम भेटुवाल / रासस
अ+ अ-

काठमाडौँ। तीजका लागि पशुपति क्षेत्रमा सशस्त्र प्रहरी बलको स्वास्थ्यकर्मी र एम्बुलेन्ससहित करिब सात सय जनशक्ति परिचालन गरिने भएको छ ।

जसमध्ये १५० महिला सशस्त्र प्रहरी कर्मचारीहरु खटिने जनाइएको छ । दर्शनार्थीको सहजताका लागि सशस्त्र प्रहरी बल नेपाल नं. २० विपद् उद्धार गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक जीवन केसीको कमाण्डमा आज राति २ बजेदेखि ड्युटी परिचालन हुने सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता कालीदास धौवजीले जानकारी दिनुभयो ।

पशुपति परिसरमा सशस्त्र प्रहरी नायब उपरीक्षकको कमाण्डमा कमाण्ड पोष्ट स्थापना गरिएको छभने मेलाको सम्पूर्ण कमाण्ड नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौँले गर्ने उहाँले बताउनुभयो ।

उपत्यकास्थित सशस्त्र प्रहरी बल नेपालको विभिन्न कार्यालयहरुबाट एक सिफ्टमा तीन सयभन्दा बढी सशस्त्र प्रहरीको सुरक्षा फौज परिचालन हुने बताइएको छ ।रासस