१ असार २०८३, सोमबार
,
Latest
जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र कोशी प्रदेशको बजेटमा महिला, बालबालिका र अपाङ्गता भएकाहरू प्राथमिकतामा गण्डकीको बजेटमा सडक, पर्यटन र कृषि प्राथमिकतामा रोबोट ‘अत्याचारको लाइसेन्स’ बन्नु हुँदैन : राष्ट्रसङ्घ अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली स्वयम्भूमा फेसबुकमा अपशब्द प्रयोग गरेको अभियोगमा पक्राउ कर्णाली प्रदेशसभा: ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत नेपाल–भारत सीमा समन्वय बैठक सम्पन्न राप्रपाकी प्रमुख सचेतक खुश्वु ओलीलाई धम्की दिने एक व्यक्ति पक्राउ हर्मुज क्षेत्रमा कर नउठाउन इरानलाई राष्ट्रपति म्याक्रोँको सुझाब
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘सबैले आआफ्नो क्षेत्रबाट मुलुकका लागि दायित्य र जिम्मेवारी बहन गर्नुपर्छ’



अ+ अ-

काठमाडौँ। प्रथम महिला राधिका शाक्यले सबैले आआफ्नो क्षेत्रबाट मुलुकका लागि दायित्य र जिम्मेवारी बहन गर्नुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय युवा सङ्घले आज यहाँ आयोजना गरेको तीज उत्सव कार्यक्रममा उहाँले हरेक उमेरमा आआफ्ना जिम्मेवारी र कर्तव्य हुने भएकाले सोहीअनुसार आफ्नो क्षेत्रमा रहेर काम गर्नुपर्ने बताउनुभयो ।

शाक्यले देशमा भएका सबै मानिसले राजनीतिक गर्न नहुने बताउनुभएको छ । “मलाई धेरै मानिसहरुले तपाई किन राजनीतिमा नआएको भनेर प्रश्न गर्ने गरेका छन्”, उहाँले भन्नुभयो, “देशमा भएका सबै मानिसले राजनीति गरेर हँुदैन । सबै मानिसको आफ्नो ठाउँ, रुची र क्षेत्र हुन्छ । नेपालमा किन हो कुन्नी ! सबैलाई राजनीतिक गर्न मन लाग्दो रहेछ ।”

प्रधानमन्त्री केपी शर्मा ओली पत्नी शाक्यले राजनीतिमा सफल भए मात्र सफल हुने र अरु क्षेत्रमा सफल भयो कि सफल होइन कि भन्ने हाम्रो समाज र मानसिकता रहेको टिप्पणी गर्नुभयो । उहाँले समाजमा फैलिएका नकारात्मक र अर्काले प्रगति गरेको देख्न नचाहने, इष्र्या र डाह गर्ने परम्परा रहेकाले त्यस्तो विकृतिलाई युवा सङ्घले तोड्नुपर्ने बताउनुभयो ।

प्रथम महिला शाक्यले हाल मानिससमा धैर्यता, अनुशासन र विवेकको धेरै ठूलो आवश्यकता रहेको औँल्याउनुभयो ।  उहाँले मुलुकको वर्तमान र भविष्य युवाको हातमा रहेको उल्लेख गर्दै भन्नुभयो, “तपाई राम्रो काममा लाग्नुभयो भने वर्तमान र भविष्य दुवै राम्रो हुन्छ । बरालिनु भयो भने वर्तमान र भविष्य दुवै राम्रो हँुदैन ।”

कार्यक्रममा युवा सङ्घका अध्यक्ष क्षितिज थेवेले मुलुकको भविष्य निर्माणमा युवाको महत्त्पूर्ण भूमिका रहेको भन्दै युवालाई सही मार्गमा अगाडि बढाउन आवश्यक रहेको बताउनुभयो । रासस