१९ मंसिर २०८२, शुक्रबार
,
Latest
सहरी क्षेत्रको माटोको गुणस्तर अभिवृद्धि गर्नु जरुरी छः मन्त्री परियार मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्री कँडेलले सुर्खेत अस्पतालमा प्रभावकारी स्वास्थ्य सेवा सुनिश्चित गर्न निर्देशन दिए



अ+ अ-

सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सुर्खेत कालागाउँस्थित अस्पतालमार्फत नागरिकले पाउने स्वास्थ्य सेवा कुनै हालतमा अवरुद्ध नहुनुपर्ने स्पष्ट निर्देशन दिएका छन्।

सोमबार उनले अस्पताल व्यवस्थापन र सम्बन्धित विभागका प्रमुखहरूसँग स्वास्थ्य सेवा प्रवाह, देखिएका समस्या र सुधारका उपायबारे समीक्षा बैठक गरे।

मुख्यमन्त्री कँडेलले भने, “अस्पतालप्रति नागरिकको विश्वास कायम राख्न आवश्यक छ। उपलब्ध जनशक्तिलाई प्रभावकारी रूपमा प्रयोग गरी स्वास्थ्य सेवाबाट कसैलाई पनि बञ्चित गरिनुहुँदैन।”

अस्पतालमा विगतमा व्यवस्थापनसम्बन्धी चुनौतीहरू भए पनि नयाँ निर्देशक नियुक्त भइसकेको र अब अझ प्रभावकारी सेवा दिनुपर्ने उनले बताए। उनले थपे, “पूर्वमा निर्देशक नियुक्त नगरेको भन्दै सरकारलाई आलोचना गरिएको थियो। अब सबैले नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिने दिशामा ध्यान दिनु जरुरी छ।”

बैठकमा मन्त्रालय, अस्पताल व्यवस्थापन र विभागीय प्रमुखहरूले जनशक्तिको सिमितता र बिरामीको बढ्दो चापबीच सेवा प्रवाहलाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।