११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित

भारतीय गायिका मुछाल काठमाडौँमा गुञ्जिने

भारतीय गायिका मुछाल काठमाडौँमा गुञ्जिने
अ अ+ अ-

काठमाडौँ। भारतीय गायिका पलक मुछालले पहिलोपटक काठमाडौँमा साङ्गीतिक प्रस्तुती दिनुहुने भएको छ । आगामी असोज ३ मा भृकुटीमण्डपमा ‘पलक मुछाल लाइभ इन नेपाल’ हुने टुङ्गो लागेको आयोजक संस्थाका ‘इभेन्ट म्यानेजर’ मनिष कार्कीले जानकारी दिनुभयो ।

“यसअगाडिका कार्यक्रमको सिकाइलाई प्रयोग गर्दै यसलाई भव्य र सभ्य बनाउने छौँ । उहाँ नेपाल आउन इच्छुक हुनुहुँदो रहेछ, त्यही भएर हामीले साङ्गीतिक कार्यक्रममा प्रस्तुत गर्न लागेका हौँ”, कार्कीले भन्नुभयो ।

गायिका मुछालले एक श्रव्यदृश्यमार्फत सन्देश जारी गर्दै आफू नेपाल आउन उत्साहित रहेको बताउनुभएको छ । “म नेपाल आउने कुराले खुसी छु, म नेपालीलाई गीत सुनाउन र नचाउन अधैर्य छु”, उहाँले भन्नुभएको छ । यसअगाडि ‘नोरा फतेही लाइभ इन नेपाल’ आयोजना गरेको वल्र्डवाइड फिल्म्स नेटवर्क प्रालिको आयोजना र मनु मिडिया प्रालिको व्यवस्थापनमा उहाँ काठमाडौँ आउन लाग्नुभएको हो ।

गायिका मुछालको ‘कौन तुझे’, ‘प्रेम रतन धन पायो’, ‘चाहूँ मैं या ना’, ‘तेरी मेरी कहानी’, ‘जुम्मे की रात’, ‘सनम तेरी कसम’ लगायतका गीतहरू लोकप्रिय छन् । रासस