१३ श्रावण २०८३, बुधबार
,
Latest
नेपाल टेलिकमका सबै टावरमा विद्युत् सेवा पुर्याउन सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन निर्वाचन प्रणाली र आयोगको क्षमतामाथि सांसद डा. लेखजंग थापाको प्रश्नः ‘मतदान प्रतिशत बढाउने ठोस आधार… निर्वाचन आयोग ‘रेफ्री’ बन्नुपर्छ, ‘खेलाडी’ होइनः वर्षमान पुन निर्वाचन आयोगको सुधारका लागि ठोस कार्ययोजना र कार्यान्वयन आवश्यक छः पद्मा अर्याल माईतीघर क्षेत्रको डुबान समस्या समाधानका लागि कामनपाद्वारा निकास खोल्ने कार्य शुरु (तस्बिरसहित) कोहलपुरमा सेफ्टीटयाङ्कीभित्र तीन जनाको मृत्यु विपद् व्यवस्थापन सम्बन्धी कांग्रेसको विशेष प्रशिक्षण एक दिन सर्‍यो एक अर्ब ८९ करोडभन्दा बढीको हुण्डी कारोबारमा संलग्न आरोपित पक्राउ चिकित्सकमाथि भएको आक्रमणको विरोधमा देशभरका स्वास्थ्य सेवा प्रभावित, माईतीघरमा प्रदर्शन (तस्बिरसहित) राजनीतिक दल र निर्वाचन प्रणालीमा व्यापक सुधारको खाँचोः सांसद केसी
तपाईं के खोज्दै हुनुहुन्छ ?

भियतनामका उपराष्ट्रपतिबाट पाटन र बौद्धनाथ क्षेत्रको अवलोकन



नेपाल भ्रमणमा रहेकी समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआन साेमबार विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक पाटन दरबार स्क्वार भ्रमण गर्नुहुँदै । तस्बिर : किरणराज विष्ट / रासस
अ+ अ-

काठमाडौँ। नेपालको औपचारिक भ्रमणमा रहनुभएका समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भोथि आन सुआनले आज विश्वसम्पदा सूचीमा सूचीकृत पाटन दरबार स्वायर र बौद्धनाथ क्षेत्रको अवलोकन गर्नुभएको छ ।

उहाँलाई पाटन दरबार क्षेत्रमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनलगायत सरकारी अधिकारीले स्वागत गर्नुभएको थियो । उहाँले पाटन दरबार क्षेत्रका विभिन्न सम्पदा, हस्तकला, मूतिकलाको अवलोकन गर्नुभयो ।

यसअघि उपराष्ट्रपति सुआनले आजै बौद्ध धर्मावलम्बीको पवित्र स्थल बौद्धनाथ क्षेत्रको पनि अवलोकन गर्नुभयो । उहाँलाई बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामा र कार्यकारी निर्देशक मोहनकुमार तामाङले स्वागत गर्नुभएको थियो ।

उपराष्ट्रपति सुआन नेपालको तीनदिने औपचारिक भ्रमणका सिलसिलामा शनिबार काठमाडौँ आउनुभएको हो । भ्रमणका दौरान उहाँले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्नुभएको थियो ।

उहाँले आफ्ना नेपाली समकक्षी रामसहायप्रसाद यादवसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको थियो भने परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले उहाँसँग शिष्टाचार भेटवार्ता गर्नुभएको थियो । नेपाल भ्रमण सम्पन्न गरी उहाँ आजै राति काठमाडौँबाट प्रस्थान गर्ने कार्यक्रम छ । रासस




भर्खरै