१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

पिसिआर परीक्षणको दायरा बढाउनुपर्ने राष्ट्रिसभाका सांसदहरु माग

पिसिआर परीक्षणको दायरा बढाउनुपर्ने राष्ट्रिसभाका सांसदहरु माग
अ अ+ अ-

काठमाडौं । राष्ट्रिसभाका सांसदहरुले नेपालमा पिसिआर परीक्षणको दायरा बढाउन र विदेशमा रहेका नेपालीहरुको उचित व्यवस्थापन सहित उद्धार गर्न सरकारसँग माग गरेका छन् । 

शुक्रबारबाट सुरु भएको राष्ट्रियसभाको छैठौँ अधिवेशनमा बोल्ने सांसदहरुले पिसिआर परीक्षण न्यून रहेको र विदेशमा रहेका नेपालीहरु समस्यामा परेकाले उद्धारका लागि सरकारसँग माग गरेका हुन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राष्ट्रियसभा दलका नेता दिनानाथ शर्माले पीसिआर परीक्षणलाई ब्यापक बनाउन सरकारसँग आग्रह गर्नुभयो । भारतीय सीमा क्षेत्रमा नेपाली नागरिकहरु अलपत्र परेको, उपचार तथाा श्रम गर्न गएका नागरिकहरु भारत मै अलपत्र रहेकाले उनीहरुको उद्धारका लागि ध्यान दिन पनि उहाँले आग्रह गर्नुभयो । साथै प्रवासमा रहेका नेपालहरुको विषयमा ध्यान दिन पनि उहाँले सरकारसँग आग्रह गर्नुभयो । शर्माले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटलाई परिवर्तित परिस्थित अनुसार ल्याउनुपर्नै बताउनुभयो । १० औं लाख युवाहरु विदेशमा रोजगारी गुमाएर सीमसहित स्वदेश फर्किने भएकाले उनीहरुको व्यवस्थापन हुनेगरी बजेट आउनेमा आफु विश्वस्त रहेको उहाँले बताउनुभयो । अब कृषि क्षेत्रलाई पहलिो प्राथमिकतामा राखेर अगाडी बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो

नेपाली कांग्रेस दलका नेता राधेश्याम अधिकारीले कोरोना महामारीका कारण मुलुकको अवस्था अन्यौलग्रस्त बनेको उल्लेख गर्दै स्वास्थ्य सामग्री अभावमा पर्याप्त परीक्षण हुन नसकेको बताउनुभयो । सीमा क्षेत्र र प्रवासमा रहेका नेपाली नागरिकहरुलाई कसरी भित्र्याउने भन्ने विषयमा सरकारको कुनै योजना नरहेको उहाँले बताउनुभयो । नागरिकको स्वदेश फर्किने पाउने अधिकारमाथि अवैध बन्देज सरकारले लगाएको आरोप सांसद अधिकारीले लगाउनुभयो । रेमिट्यानसमा चलेको मुलुकको सरकारले श्रमिकका पीडाहरु बुझ्न नसक्नु दुःखद रहेको उहाँको भनाई छ । याजनावद्ध रुपमा समयतालिका बनाएर स्वदेश फर्काउने कुरामा आश्वस्त पार्न नसके आफ्ठ्यारो परिस्थितिमा सरकारले आफ्नो उपस्थिति जनाउन सक्दैन भने सरकार किन चाहियो भन्ने प्रश्न उठ्ने उहाँले बताउनुभयो । लक डाउनको डेढ महिना वितेपनि पर्याप्त स्वास्थ सामग्री ल्याउन नसक्नु, सामान खरिदमा अनियमितताका कुरा बाहिर आउनु दुःखद भएकोले दैव भरोसा बाँच्नुपरेको उहाँले बताउनुभयो ।

परीक्षणको दायरा बढाउनुपर्ने, औषधि लगायत आवश्यक सामग्री यथसिघ्र उपलब्ध गराउनुपर्ने र भारत लगायत तेस्रो मुलुकमा रहेका नेपालीहरुको उचित व्यवस्थापन सहित फर्काउने व्यवस्था गर्न उहाँले सरकारसँग माग समेत गर्नुभयो ।

एसईई लगायतका परीक्षा सञ्चालनको विषयमा समेत प्रष्ट पार्न पनि उहाँले सरकारको ध्यानकर्षण गराउनुभयो । आगामी आर्थिक वर्षको बजेट कृषिलाई टेवा पुग्ने गरी ल्याउन नसकिए भोकमरीको समस्या हुन सक्ने उहाँले बताउनुभयो । विदशेबाट आउने श्रमिकलाई ध्यान दिएर आगामी योजना बनाउन पनि उहाँले सरकारलाई आग्रह गर्नुभयो ।

जनता समाजवादी पार्टी नेपालका संसदीय दलका नेता प्रमिला कुमारीले नेपालमा प्रयाप्त पिसिआर परीक्षण नभएकाले वास्तविक संक्रमितको तथ्याङ्क आउन नसकेको बताउनुभयो । भारतसँग सीमा जोडिएका तराईका क्षेत्रमा संक्रमणको उच्च जोखिम रहेकाले त्यसतर्फ ध्यान दिन पनि उहाँले आग्रह गर्नुभयो । सांसद प्रमिला कुमारीले कोरोना रोकथामका लागि सरकारले छुट्टै ऐन कानून बनाएर अगाडी बढ्नुपर्नेमा दल फुटाउने कानून ल्याउन तर्फ सरकार अग्रसर भएको बताउनुभयो ।  

उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीको इस्र्यालु र संकिर्ण स्वभाव छर्लंग भएको उल्लेख गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी सुझबुझ नभएको महिला भएको समेत बताउनुभयो । राहत वितरण कार्यकर्तामुखि भएको, विदेशमा रहेका नेपालीहरुको समस्या सम्बोधन गर्नुको सट्टा सरकार कमिसनमा रमाएको आरोप उहाँले लगाउनुभयो । कोरोना नियन्त्रणका लागि अग्रपंक्तिमा रहेका स्वास्थ्यकर्मीहरुको मासिक तलब दोब्बर बनाउनुपर्ने, जीवन बिमाको व्यवस्था र आवश्यक सम्पूर्ण स्वास्थ्य सामग्रीको व्यवस्थापन समेत गर्न आग्रह गर्नुभयो । यस्तै सुरक्षाकर्मी र कोरोना नियन्त्रणका लागि खटिएका अन्य व्यक्तिहरुका लागि विशेष प्याकेज ल्याउन पनि आग्रह गर्नभयो ।