१६ भाद्र २०८३, मंगलवार
,
Latest
चीनको केरुङमा पहिरोमा ज्यान गुमाउनेहरूको स्मृतिमा शोक सभा आयोजना रसुवा बाढीः सुरुङ र पावरहाउसमा फसेकाको उद्धारमा सरकारले प्राथमिकता नदिएको आफन्तको गुनासो अस्टिनमा शोकसभा एवं दीप प्रज्वलन भोटेकोशी बाढीले ट्रक–कन्टेनर क्षेत्रमा पुर्‍याएको क्षति बुझ्न टोली रसुवा प्रस्थान भोटेकोशी र त्रिशूली नदीको बहाव सर्तकता तहभन्दा तल : बाढी पूर्वानुमान महाशाखा काठमाडौँ र हेटौँडा जाने सवारीसाधनको लागि नयाँ ‘रुट’ निर्धारण पहिचान हुन नसकेका शव व्यवस्थापन गरिँदै विश्वभरबाट सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै प्रेस काउन्सिलकै अनुगमन रिपोर्ट भन्छ— संञ्चारकर्मीले झन् दु:ख दिए
तपाईं के खोज्दै हुनुहुन्छ ?

टिपर पल्टिएर तमोरमा खस्दा एकजना बेपत्ता



अ+ अ-

ताप्लेजुङ। यहाँको फक्ताङलुङ गाउँपालिका–६ लेलेपमा आज दिउँसो टिपर पल्टिएर तमोर नदीमा खस्दा एक जना बेपत्ता भएका छन् ।

तमोर करिडोर सडकखण्डमा ‘तमोर–५ हाइड्रोपावर’को ग १ क ६३१८ नम्बरको टिपर मर्मत गरी परीक्षण गर्ने क्रममा पल्टिएर नदीमा खस्दा सोही हाइड्रोपावरमा मेकानिकका रुपमा काम गर्ने तनहुँको शुक्लागण्डकी गाउँपालिका–४ का अन्दाजी २४ वर्षीय सुदीप सुवेदी नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जुङले जनाएको छ ।

टिपर खसेको जानकारी हुनासाथै प्रहरीको टोली घटनास्थलमा गइ खोजी गरेको तर फेला नपरेको प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार टिपर भने नदीमा डुबेको अवस्थामा छ । बेपत्ता सुवेदीको खोजी जारी रहेको प्रहरीले जनाएको छ । रासस