१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

दुई तिहाइको सरकारले दुई कौडीको काम गर्न सकेन : नेता महतो

दुई तिहाइको सरकारले दुई कौडीको काम गर्न सकेन : नेता महतो
अ अ+ अ-

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्र महतोले सरकार मानवता विरुद्धको अपराधमा केन्द्रीत भएको आरोप लगाउनुभएको छ । 

प्रतिनिधिसभा बैठकमा बोल्दै नेपाल महतोले कोरोना संक्रमणबाट नेपालीको रक्षा गर्नुको सट्टा सरकार मानवता विरुद्धको अपरामा लागेको आरोप लगाउनुभयो । महामारीका समयमा जनताको जीवनरक्षाका लागि सारा उर्जा लगाउनुपर्नेमा सरकार पद बचाउनका लागि रातरात अध्यादेश ल्याउन र दल विभाजनका तर्फ लागेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘जनताको जीवनरक्षा कता हो कता, जनताले राहत र उपचार पाउनु त कता हो कता यहाँ त मावता विरुद्धको अपराध गर्न सरकार लागेको छ । पद पाउन र पद बचाउनका लागि अध्यादेश रातरात अध्यादेश ल्याइरहेको छ । पार्टी विभाजनका लागि लागेको छ । यो महामारीको बेलामा जनता जोगाउनुपर्ने सारा उर्जा त्यसमा लगाउनुपर्नेमा सरकार के गरिरहेको छ । के हो यो ?’’

महामारीबाट पीडित जनताले उपचार र खाना नभएको उल्लेख गर्दै महतोले सरकार लोकतन्त्रलाई कमजोर पार्न र सांसद अपहरणको धन्दामा लागेको आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘रातरात ल्याइएको अध्यादेशले पार्टीलाई बलिायो बनाउँछ ? लोकतन्त्रलाई बलिायो बनाउँछ ? जनता महामारीबाट पीडित छन् । खाना पाएको छैन । उपचार पाएको छैन् । स्वास्थकर्मीले सुरक्षा उपकरण पाएका छैनन् । यहाँ त अर्कै धन्दा भइरहेको छ । सरकार अर्को धन्दामा लागेको छ । पार्टी फोड्ने, सांसद चोर्ने यो धन्दाले जनताको पीडा कम हुन्छ ? सांसद अपहरण गर्ने डराउने ?’’

जनताले आफ्नो जीनको रक्षा गर्न र समस्याबाट राहत पाउनका लागि दुई तिहाइ दिएपनि सरकारले नबुझेको उहाँले बताउनुभयो । नेता महतोले दुई तिहाइको सरकारले दुई कौडीको काम समेत गर्न नसकेको उहाँको भनाई छ । उहाले भन्नुभयो, ‘‘दुई तिहाइको सरकारले दुई कौडीको काम गर्न सकेको छैन् । जनता पीडामा रहेको बेला काम नगरेपछि के भन्ने ?’’

सरकारले पर्याप्त मात्रामा परीक्षण गर्न नसकेको पनि उहाँले बताउनुभएको छ । एक सयजना संक्रमित छन् भनेर सरकार ढुक्कसँग भनिरहेको भन्दै उहाँले ‘सरकारले कोरोना सय नाघेको छैन भन्दैछ । कति जाँच गर्यौ र अनि कोरोना छैन’, भन्दै आक्रोश व्यक्त गर्नुभयो ।

‘‘जाँच नगर्ने, कछुवाको गतिमा कोरोनाको टेष्ट गर्ने ? व्यापक रुपमा परीक्षण हुनुपर्याे । हामी सांसदले हिजो परीक्षण गर्यो । कुनै सांसदमा निस्केन रे । जनताको चाँडै नगर्ने त्यो हामी निर्वाचन क्षेत्रमा जाँदा कोरोना बाँड्ने ? जाँच त हुनुपर्यो नी सरकारले गर्नुपर्ने काम गरिरहेको छैन्’’, उहाँले भन्नुभयो ।