२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दृष्टिविहिनलाई आयशाले गरिन् सहयोग



अ+ अ-

काठमाडौं । दक्षिण एसियाली खेलकुद (साग) की दोहोरो स्वर्ण पदक विजेता आयशा शाक्यले दृष्टिविहिनहरुलाई शुक्रबार खाद्यान्न सहयोग गरेकी छिन् । कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलन नदिन सरकारले गरेको लकडाउनका कारण विभिन्नहरुलाई आर्थिक रुपमा निकै कठिनाई भइरहेको छ । 

कीर्तिपुरस्थित नगाँउमा रहेका ३५ दृष्टिविहिनलाई सोही ठाँउ पुगेर आयशाले खाद्यान्न हस्तान्त गरेकी थिइन् । राहतमा १० केजी चामल, दाल १ केजी, चिउरा १ केजी, तेल १ लिटर, नुन १ केजी, भुजा १ केजी र चाउचाउ ४ प्याकेट रहेको छ । 

सागमा पदक जितेवापत सरकारले हालै नगद पुरस्कारबाट सम्मानित गरेपछि आयशाले सोहीबाट सहयोग गरेको बताइएकी छिन् । अरु खेलाडीहरुले पनि यो कठिन अवस्थामा सहयोग गर्नुभइरहेको छ, आयशाले भनिन्, आफुले सक्दो सहयोग गर्नुपर्दछ भन्ने मलाई नी लागेको छ । 

त्यसमाथि दृष्टिविहिनहरुलाई सहयोग गर्दा थप आनन्द महसुस गरे । एसियाली खेलकुदकी कास्य पदक विजेता समेत रहेकी आयशाले मंसिरमा स्वदेशमा आयोजनामा भएको सागको तेक्वान्दोको पुम्सेमा दोहोरो स्वर्ण पदक जितेकी थिइन् ।