१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

राप्रपा नेपालका अध्यक्ष थापासंग ईजरायलका राजदुतको शिष्टाचार भेट

राप्रपा नेपालका अध्यक्ष थापासंग ईजरायलका राजदुतको शिष्टाचार भेट
अ अ+ अ-

काठमाडौं । नेपालका लागि ईजरायलको राजदूत शामुलिक अरी बासले राप्रपा नेपालका अध्यक्ष कमल थापासँग उहाँकै निवास बुढानिलकण्ठमा आज शिष्टाचार भेट गरेका छन् ।

पूर्व उपप्रधानमन्त्री तथा पराराष्ट्रमन्त्री समेत रहेका थापाले भेटका क्रममा वर्तमान अवस्थामा बदलिंदो भूराजनीतिक आयामहरु र यसले थपेका जटिलताहरुले क्षेत्रीय शान्ति मूलतः मध्यपूर्वमा समेत असर पारेको बुझ्न सकिने चर्चा गर्दै राजदूतले राखेका सरोकारका विषयहरुमाथि नेपाल सरकारको सरोकारवाला निकायसम्म पुर्याउने बताए ।

साथै क्षेत्रीय शान्तिका लागि एउटा जिम्मेवार राष्ट्रको रुपमा ईजरायलले चालु युद्धको समाप्ति लगायत स्थायी शान्तिको लागि आवश्यक महत्वपूर्ण दायित्व निर्वाह गर्ने कुरामा थापाले विश्वास समेत ब्यक्त गरे । ईजरायलले नेपाली श्रमिकहरुलाई रोजगारीको अवसर उपलव्ध गराएको, विद्यार्थीहरुलाई तालिम र कृषिलगायतका अन्य क्षेत्रमा पुर्याएको सहयोगको लागि थापाले धन्यवाद समेत ब्यक्त गरेका थिए । हमासको बन्धकको रुपमा रहेको विपिन जोशीको रिहाईको लागि आवश्यक पहल लगायत गाजामा देखिएको भोकमरी लगायतका मानवीय संकट यथाशिघ्र समाधानको लागि उहाँले सम्बद्ध ईजरायली पक्षसंग अनुरोध गरेका छन् ।

भेटका क्रममा राजदूतले हमासले ईजरायलमाथि गरेको आक्रमणमा १० जना नेपाली विद्यार्थिहरुको ज्यान गएको विषय र एक जना विपिन जोशीलाई बन्धक बनाएको विषयमा दुःख ब्यक्त गरे । साथै ६७० दिनसम्म पनि विपिन लगायत बन्धकहरुलाई छुटाउन नसकिएकोमा समेत उनले दुःख ब्यक्त गरेका छन् ।

हमासको बन्धकमा अझै ५० जनाभन्दा बढी रहेको जसमध्ये बीसजना जीवितै रहेको कुरा बताए । विपिन जोशीको आमा र बहिनीलाई ईजरायल लगेर बन्धक छुटाउन अन्तराष्ट्रियरुपमा दवाव दिन प्रयास गरिएको समेत उनले बताए । नेपाल र ईजरायलबीचको कुटनीतिक सम्बन्धको चर्चा गर्दै आपसी हितका कृषि, प्राविधिक, शैक्षिक, श्रमलगायत विविध क्षेत्रहरुमा पक्षहरुमा इजरायलले सहयोग गर्दै आएको स्मरण गरे ।

विपिनलाई हमासले बन्धक बनाएपछि नेपाल सरकारले ‘लर्न, अर्न एण्ड रिटर्न’कार्यक्रमअन्तर्गत अध्ययनको लागि ईजरायल जाने विद्यार्थीहरुलाई जानबाट रोकेको भन्दै विद्यार्थीहरुको हीत र रक्षामा ईजरायल सरकार सचेत रहेकोले यस किसिमको रोक हटाई दिन राजदुतले अनुरोध गरे । भेटका क्रममा पार्टीका अन्तरास्ट्रिय सम्बन्ध बिभागका सदस्य-सचिब राजाराम बर्तौला “चुनेली” को पनि उपस्थिति रहेको थियो ।