१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

उपत्यका भित्रिने क्रम बढ्दै, लुकिछिपी आउने क्रम रोकिएन

उपत्यका भित्रिने क्रम बढ्दै, लुकिछिपी आउने क्रम रोकिएन
अ अ+ अ-

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) विरुद्धको बन्दाबन्दीको समयमा उपत्यकाबाट ठूलो सङ्ख्यामा मानिस बाहिरी रहँदा पछिल्लो पटक उपत्यका भित्रिने क्रमसमेत बढेको देखिएको छ ।

यसअघि उपत्यका छाडेर घर जानेको तथ्याङ्क कुनै निकायसँग छैन । तथ्याङ्कको अभावमा बन्दाबन्दीको समयमा उपत्यका बाहिरिएका नागरिक शक्तिको आड वा लुकिछिपी पुनः भित्रिन थालेका छन् । कतिपय नागरिक विभिन्न नाकाबाट बिरामीको बहानामा एम्बुलेन्स मार्फत उपत्यका भित्रिन थालेका हुन् ।
लुकिछिपी उपत्यकाभन्दा बाहिरबाट उपत्यका भित्रिन थालेकाले व्यक्तिसँगै कोरोना भाइरस पनि भित्रिन सक्ने खतरा बढ्दै गएको कतिपयको भनाइ छ । यद्यपि काठमाडौँ उपत्यका अहिलेसम्म कोरोना भाइरसको सङ्क्रमणबाट सुरक्षित रहेको देखिएको छ ।

काठमाडौँ सङ्कट व्यवस्थापन केन्द्र (सीएमसी) का अनुसार कतिपय उच्च ओहोदाका व्यक्तिले पनि आफन्तलाई उपत्यका बाहिर–भित्र गराइरहेको स्थानीयवासीको गुनासो छ ।

काठमाडौँ जिल्ला समन्वय समितिका प्रमुख शिवसुन्दरराज वैद्यले पछिल्लो दुई सातामा उपत्यका बाहिर गएका मानिस उपत्यका भित्रिन थालेकाले रोक्न गाह्रो भएको बताउनुभयो । उहाँका अनुसार सीएमसी काठमाडौँले एक साताको बीचमा भीमढुङ्गा, दक्षिणकाली, साँखु लगायतका उपत्यका प्रवेश गर्ने मुख्य नाकामा अनुगमन गर्दा लुकिछिपी उपत्यकामा आउने क्रम नरोकिएको पाइएको हो ।

उपत्यका प्रवेश गर्ने मुख्य नाकामा सुरक्षा व्यवस्था कडा गर्न सुरक्षा निकायलाई सीएमसीले आग्रह गरे पनि भित्रिने ठाउँ खुला भएकाले रोक्न गाह्रो भइरहेको बताइएको छ । जिल्ला समन्वय समिति काठमाडौँंका अनुसार काठमाडौँ, भक्तपुर र ललितपुरमा गरी ४५ देखि ५० लाख जनसङ्ख्यामध्ये २० देखि २२ लाख उपत्यकाभन्दा बाहिरका छन् । उपत्यका बाहिरका २० देखि २२ लाख जनसङ्ख्यामध्ये बन्दाबन्दीको समयमा करिब १३ लाख जनसङ्ख्या उपत्यका छाडी बाहिर गएको अनुमान गरिएको छ ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बिरामी भएको बहानामा एम्बुलेन्सबाट उपत्यका भित्रिन खोज्ने कतिपय व्यक्तिलाई भक्तपुरको प्रवेश गर्ने नाका साँगा र जगातीबाट फिर्ता पठाइएको बताउनुभयो ।

सूर्यविनायक नगरपालिका सल्लाघारीमा कोठा भाडामा बस्ने पीडित व्यक्तिको पैरवी गर्दै आउनुभएका अभियन्ता प्रेमबहादुर थापा उपत्यकामा राहत दिने बेलामा मात्र नगरपालिकाले भाडामा बस्ने व्यक्तिको तथ्याङ्क सोधीखोजी गर्ने गरेको बताउनुभयो ।

उहाँले सम्बन्धित पालिकाले कुन घरमा कुन ठाउँका कति जना कोठा भाडामा बसेका छन् भन्ने एकिन तथ्याङ्क राख्ने व्यवस्था गर्नुपर्ने, यहाँका प्रत्येक घरको भाडा दर निर्धारण गरी सार्वजनिक स्थानमा टाँस्नुपर्ने, घर भाडामा वा खाली के छ, घर भाडामा दिनुको प्रयोजन र घरमा बस्ने व्यक्तिको तीनपुस्ते अभिलेख राख्न स्थानीय सरकारलाई सुझाव दिनुभयो ।, समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।