२१ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः… बर्दियामा ५५ जनाको डिएनए संकलन साहित्यकार डा लालको निधन
तपाईं के खोज्दै हुनुहुन्छ ?

२०८४ मा मेरो अवस्था कस्तो होला भन्ने मानसिकताबाट काँग्रेस मुक्त हुनुपर्छ : महामन्त्री थापा



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले अहिलेको समयमा पार्टीले डर, लोभ र अन्योलबाट मुक्त भएर देशप्रतिको जिम्मेवारी निर्वाह गर्नुपर्ने आवश्यकता रहेको बताउनु भएको छ ।

सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दे महामन्त्री थापाले यस्तो बताउनु भएको हो । नेपाली काँग्रेसले ०८४ मा आफ्नो अवस्था कस्तो होला भन्ने मानसिकता त्यागेर अगाडि बढ्न जरुरी रहेको उहाँको भनाइ छ ।

उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले हप्ता हप्तामा आलोपालो प्रधानमन्त्री बन्ने कुरा सम्झाउने गरेको उल्लेख गर्दै थापाले पद छोड्लान कि नछोड्लान भन्ने अन्योलमा बस्न नहुने बताउनु भयो । उहाँले पार्टीको नीति र सिद्धान्तअनुसार अघि बढेर सबैखाले लोभ र डर त्याग्न नसके पार्टी संगठन कमजोर हुनेप्रति सबै सजग हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘यो बेलामा नेपाली काँग्रेस पार्टी केबाट मुक्त हुनुपर्छ भने २०८४ सालमा मेरो अवस्था के होला भन्ने कुराबाट मुक्त हुनुपर्छ । यसपछि प्रधानमन्त्री आलोपालो भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले जुन भन्नुहुन्छ नि त्योबाट मुक्त हुनुपर्छ । उहाँले हामीलाई सम्झाउनु हुन्छ नि । उहाँले छोड्नुहोला कि नहोला भन्ने अलमलबाट हामीले मुक्त हुनुपर्छ । यो समयमा हाम्रो पार्टीले गर्नुपर्ने कर्म सबै प्रकारको लोभ र डरबाट मुक्त भएर गर्यौं भने पार्टीले आफ्नो जिम्मेवारी निर्वाह गर्छ जसरी हामीले गर्दै आएका छौं । नेपाली काँग्रेसका सबै कार्यकर्ता पनि लोभ र डरबाट बाहिर निस्कनुपर्नेछ । र नेपाली काँग्रेस पनि निस्कनुपर्नेछ ।’

महामन्त्री थापाले पार्टीभित्र पठन संस्कृतिको विकास गर्नको लागि साहित्यकारहरुलाई उत्प्रेरित गर्नुपर्ने धारणा समेत राख्नुभयो ।  गुट छोडे पनि लेखन कार्य नछोड्न उहाँले कार्यकर्ताहरुमा आगह समेत गर्नुभयो ।