१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

कहिले खुल्छ अमेरिका ?

कहिले खुल्छ अमेरिका ?
अ अ+ अ-

मधुकर अधिकारी

न्यूयाेर्कः चीनको वुहानवाट युरोपहुँदै अमेरिका भित्रिएको ठानिएको कोरोना भाइरस ‘कोभिड १९’ को कारणले आक्रान्त बनेको अमेरिकामा मानवीय क्षति अकल्पनीय भएको छ । यो मानवीय क्षतिसँगै एकपछि अर्कोगर्दै वन्द हुन पुगेको यहाँको व्यापार व्यवसायका कारण आर्थिक सङ्कट पनि गहिरिँदै गएको स्पष्ट देखिएको छ । फेब्रुअरी ६ मा वाशिङ्टन स्टेट्मा कोरोना भाइरसको कारणले पहिलो अमेरिकीले जीवन गुमाइरहँदा पनि यहाँको प्रशासन या कसैले पनि राष्ट्रले यो रुपमा क्षति व्यहोर्नुपर्ला भन्ने अनुमान गरेको थिएन ।

तर आजभोलि गर्दै प्रतिदिन सङ्क्रमण फैलिँदै गयो र आज करिब ९० दिनको समयावधिमै अमेरिकाले आधुनिक इतिहासमा कहिल्यै भोग्नु नपरेको महासङ्कटको सामना गर्नु परिरहेको छ । ग्रीष्मकालीन समयमा अमेरिकामा मानिसहरुको आवागमन अत्याधिक हुने गर्दछ ।

यो समयमा समुद्रको किनारमा गएर टहलिनु, पार्कमा गएर खानपिनसहित रमाइलो गर्नु र नदीछेउ उभिएर माछा मार्नु अमेरिकीहरुको दीनचर्या नै हो । तर मे महिनाको दोश्रो सातामा प्रवेश गर्दैगर्दा पनि अमेरिकीमा सन्नाटा कायमै छ । उनीहरु अझै कतिदिन यो अकल्पनीय अवस्थाको वन्दी बन्नुपर्ने हो भनेर विस्मित देखिन्छन् ।

हजारौँ मानिसको मृत्यु भइसकेको, लाखौँमा कोरोना भाइरसको सङ्क्रमण देखा परेको, लाखौँ मान्छेको सङ्क्रमणको परीक्षण गर्न बाँकी नै रहेको र करोडभन्दा बढी वेरोजगार भएको अवस्थामा अमेरिका कहिले खुल्छ भन्ने जिज्ञासा स्वाभाविक पनि छ । अहिलेसम्म आगामी आइतवार देखि कम्तिमा ४३ वटा राज्यले आफनो नीतिलाई केही खुकुलो बनाउने जनाएका छन् । उनीहरुले पूर्ण वा आंशिक रुपमा राज्यका विभिन्न इकाइहरु सुचारु राख्ने वताएका छन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्प स्वयं पटक पटक अमेरिका वन्द हुन नसक्ने धारणा सार्वजनिक गरिरहनु भएको छ । केही व्यक्तिहरु स्वतन्त्रता वहाली गर भन्दै राज्यका राजधानी उत्रिने गरेका छन् । केही दिन अगाडि मात्र मेरिल्याण्डमा प्रदर्शनमा उत्रिएकाहरुप्रति खरो टिप्पणी गर्दै अमेरिकामा रहेका गभर्नरहरुको एशोसियसनका अध्यक्ष ल्यारी होगानले प्रर्दशनीमा उत्रिएका भन्दा वढी व्यक्ति एकै दिन दिवंगत भएका छन् भनेर आलोचना गर्नुभएको थियो ।

क्यालिफोर्नियाका गभर्नरले केही सामुद्रिक किनाराहरु तोकिएको मापदण्ड पुरागरी खुला गर्ने, कपडा पसल तथा पुस्तक पसलहरु खोल्ने जनाएका छन् । तर त्यसको लागि मानिसहरु बीचको भौतिक दुरी भने कायम राख्नुपर्नेछ ।

पर्यटकीय राज्यको रुपमा रहेको फ्लोरिडा यसै साताबाट प्रसिद्ध सामुद्रिक किनारा खुला गराउने भएको छ भने ती ठाउँहरुमा भएका रेष्टुरेन्ट २५ प्रतिशत क्षमतामा ६ फिट दुरी कायम गरी टेवुलहरुको व्यवस्था गर्नुपर्ने छ । तर जीम, हेयर शैलुनजस्ता सेवा खुला गर्न पाइने छैन ।

मेरिल्याण्डका गभर्नर ल्यारी होगानले आफनो सार्वजनिक वक्तव्यमा पुनर्निर्माणको लागि मजवुत आधारशीला तयार पार्दै व्यवसाय पुन सञ्चालनको लागि सुरक्षित अवस्थाको पर्खाइमा रहेको वताउनुभएको छ ।

मेरिल्याण्डका विद्यालयहरु अगष्ट सम्मलाई वन्द गरिएको छ । यसरी विभिन्न राज्यहरुले आर्थिक क्षतिलाई मध्यनजर गर्दै घरमा नै बस्नुपर्ने वाध्यकारी प्रावधानलाई खुकुलो वनाउने निर्णय गरेको भए पनि कुनैले पनि ह्वाइट हाउसले जारी गरेका मार्गनिर्देशनहरुको मापदण्ड भने पूरा गर्न सकेका छैनन् ।

कोरोना भाइरसको इपिसेन्टरको रुपमा रहेको न्युयोर्कका गभर्नर एन्ड्रियु क्युमोले आफ्ना नागरिकहरुलाई सचेत रहन आग्रह गर्दै भन्नुभयो– “सन् १९१८ मा फैलिएको महामारीको वेलामा पहिलो भन्दा दोश्रो चरणको मृत्युदर उच्च रहेको थियो ।

त्यसैले यसलाई कुनै ठट्टाको रुपमा लिइनु हुदैन ।” हुनपनि न्युयोर्कमा न्युयोर्क प्रहरी, ‘सव–वे’मा काम गर्नेहरुको समेत कोरोना भाइरसको कारणले निधन भएको छ । न्युयोर्कले अत्यावश्यक वाहेकको सेवा आगामी मे १५ सम्म पूर्ण रुपमा वन्द गराउने निर्णय गरिसकेको छ । न्युयोर्क राज्य इपिसेन्टरको रुपमा रहेकोले उसले आफ्ना छिमेकी राज्यहरु न्यूजर्सी, कनेक्टिकट, पेन्सलभेनिया, डेलावर, रोडे आइल्याण्ड राज्यसँग समन्वय गर्दै खुकुलो नीति अवलम्वन गरिने जनाएको छ ।

उता न्युजर्सीले भने यसै साताबाट स्टेट पार्क, गल्फ क्लवहरु खुलागर्ने निर्णय सार्वजनिक गरेको छ । तर स्वास्थ्य सङ्कटकाललाई एक महिना सम्मको लागि लागूहुने भन्दै मे ६ तारिखमा नयाँ सूचना जारी गरिएको छ । खासमा पहिलो पटक घरमै बस्ने आदेश जारी गर्ने वेलामा राज्यका गभर्नरहरुले अत्यावश्यक सेवा वाहेकको सेवामा कामगर्ने सवैक्षेत्र र निकाय वन्द गर्ने आदेश दिए । त्यसको कडाइका साथ पालना हुन सकेन । त्यसले गर्दा विश्वको दशौँ ठूलो जनघनत्व भएको न्युयोर्क शहर कोरोना भाइरसको कारणले आक्रान्त वन्यो । लस एञ्जलसले शुक्रबारदेखि गल्फ कोर्स, कारका डिलर र उपहारका पसलहरु खोल्ने जनाएको छ ।

उक्त काउन्टीका अधिकारीहरुले अत्यावश्यक वाहेकको सेवा सुचारु गर्नको लागि अनेकन मापदण्डहरु तयार पारिने जनाएका छन् । क्यालिफोर्निया राज्यको ठूलो शहरको रुपमा रहेको लस एञ्जलसमा कोरोना भाइरसको कारणले १ हजार ३६७ जनाको ज्यान गएको थियो । खासगरी स्वास्थ्य क्षेत्रका विज्ञ तथा वैज्ञानिकहरुले कम्तिमा पनि दुई हप्तासम्म निरन्तर नयाँ सङ्क्रमितहरु देखानपर्ने अवस्था आएको खण्डमा कन्ट्याक्ट ट्रेसिङ् गर्दै परीक्षणको दायरा विस्तार गर्नुपर्ने भन्दै आएका छन् ।

राज्यहरुले खुकुलो वनाउने नीति लिएको भएता पनि यसले कस्तो असर पार्छ भन्नको लागि केही हप्ता कुर्नुपर्ने अवस्था आउने छ । बुधवारसम्म अमेरिकामा १२ लाख मानिस सङ्क्रमित भएका छन् भने ७३ हजारको निधन भएको छ । अमेरिकामा शहर खोल्नको लागि हतार गरिएको भएपनि कोरोना भाइरस सम्बन्धी नमूनाको वारेमा अध्ययन गरेको युनिभर्सिटी अफ वाशिङ्टनको इन्ष्टिच्युट् अफ हेल्थ मेट्रिक्स एण्ड इभ्यालुशनले १ लाख ३४ हजार व्यक्तिको हताहत हुने प्रक्षेपण गरेको छ ।

यस अगाडि कोरोना भाइरस सम्बन्धी तथ्याङ्क राख्दै आएको मेरिल्याण्डको जोन्स हप्किन्स युनिभर्सिटीले दैनिक दुई हजार व्यक्तिले भाइरसका कारण जीवन गुमाउनु परेको तथ्याङ्क सार्वजनिक गरेको थियो । कोरोना भाइरसको कारणले सामाजिक, आर्थिक र राजनैतिक रुपमा आगामी दिनमा पार्ने प्रभावको वारेमा ठोस अवधारणा आइसकेको छैन् । सन् २०२० अमेरिकाको राष्ट्रपतीय चुनावको वर्ष पनि भएकाले राजनीतिक हिसावले पनि यो मुद्दा निकै पेचिलो वन्ने सम्भावना प्रवल देखिन्छ ।

तसर्थ अहिले अमेरिकामा लकडाउनको अवस्था खोल्नुपर्ने भनेर अनेकन कोणवाट आवाज उठिरहेको छ । अमेरिकाको पचासै वटा राज्यमा फैलिएको कोरोना भाइरसले हरेक अमेरिकीको दैनिकी पूर्ण रुपमा परिवर्तन भएको छ । ठूला र वहुराष्ट्रिय कम्पनीहरुले घरबाट काम गराएर केही कर्मचारीहरुलाई सुविधा दिएको भएपनि सेवामूलक उद्योग र पर्यटन क्षेत्रको व्यवसाय वन्द अवस्थामा पुगे । जसको चक्रीय असर अर्थतन्त्रामा परेको छ । साना व्यवसाय सम्बन्धी तथ्याङ्क राख्दै आएको सरकारी निकायको तथ्याङ्कअनुसार चौबीसै घण्टा ७ दिन सेवा दिन व्यवसाय वन्द भएका छन् ।

अमेरिकामा साना व्यवसायको सङ्ख्या तीन करोड सात लाखको सङ्ख्यामा रहेको र त्यसमा पाँच करोड ९९ लाख जनशक्तिले कामगर्दै आएका छन् । यसले साना व्यवसाय झन् चौपटमा परेको देखिएको छ । अमेरिकाको अर्थतन्त्रमा क्यालिफोर्निया राज्यको मात्र १४ दशमलव ३ प्रतिशतको योगदान रहेको छ भने न्युयोर्कको ७ दशमलव ८ प्रतिशत रहेको छ । यी दुई राज्यमा कोरोनाको सङ्क्रमणले पारेको असरले गर्दा पनि अर्थतन्त्र निकै गहिरो सङ्कटमा जानसक्ने स्पष्ट भएको छ ।

तथापि सरकारले ल्याएको राहत प्याकेज २२ खर्ब डलरको कारणले अनलाइन व्यवसाय भने यस्तो महासङ्कटको वेला पनि फष्टाएको छ । अहिले अमेरिकाको संयन्त्र अमेरिकालाई सुरक्षित तरिकाले कसरी खुला गर्न सकिन्छ भन्नेमा केन्द्रित भएको देखिन्छ । एकथरि विश्लेषकहरुले भने यसको भ्याक्सिन नबनेसम्म खोल्न नहुने तर्क गरिरहेका छन् भने अर्को अवधारणाअनुसार पर्याप्त परीक्षणको व्यवस्था गरेर अब खोल्न ढिलो गर्न हुदैन भन्ने छ ।

त्यसैले यहाँ अनेक तयारीहरु जारी नै रहेको भएपनि अहिले नै अमेरिका खुलेर पूर्ववत अवस्थामा फर्किन्छ भन्ने आँकलन गर्न भने कसैले पनि सकेका छैनन् । (रासस)