११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित

उन्नत प्रविधिबाट कृषि उत्पादन गर्न प्रदेश सरकारले कार्यक्रम ल्याउने छः मुख्यमन्त्री बानियाँ

उन्नत प्रविधिबाट कृषि उत्पादन गर्न प्रदेश सरकारले कार्यक्रम ल्याउने छः मुख्यमन्त्री बानियाँ
अ अ+ अ-

मकवानपुर। बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले ग्रामीण भेगका विपन्न कृषकलाई उन्नत प्रविधिबाट कृषि उत्पादनलाई अघि बढाउन प्रदेश सरकारले आर्थिक ‘प्याकेज’ सहित कार्यक्रम सञ्चालन गर्ने बताउनुभएको छ ।

आज यहाँ आयोजित कार्यक्रममा जिल्लाको थाहा नगरपालिकालाई पूर्ण संंस्थागत सुत्केरी नगर घोषणासभामा उहाँले आफ्नो सरकारले गाउँ र जनमुखी कार्यक्रमका साथ प्रदेशमा सुशासन ल्याउने कार्यलाई प्राथमिकता दिएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री बानियाँले जिल्लाको राक्सिराङ, कैलाश, मनहरिबाट रुपचन्द्र बिष्ट थाहामार्गलाई प्रदेश सरकारले यसै आर्थिक वर्षभित्रै निर्माणको थालनी गर्ने र जनतालाई स्वास्थ्य उपचारलगायत अन्य सेवा प्रवाह गर्ने बताउनुभयो ।

प्रतिनिधिसभा सदस्य महेश बर्तौलाले जिल्लाको उत्तरी भेगमा बसोबास गर्ने विभिन्न समुदायका व्यक्तिलाई कृषि उत्पादनका लागि आवश्यक ऋण उपलब्ध गराउन आग्रह गर्नुभयो । उहाँले यहाँ उत्पादन हुने मौसमी तरकारी, फलफूल र खाद्यान्नलाई बजारसम्म पुर्‍याउने व्यवस्था गरिनुपर्नेमा जोड दिनुभयो ।

थाहा नगरको विकास र राजनैतिक जनचेतनाको संवाहक स्वर्गीय रुपचन्द्र बिष्टको दुरदर्शी योगदान रहेको उल्लेख गर्दै सांसद बर्तौलाले ती क्षेत्रका विपन्न महिलालाई लक्षित गरी सुविधासम्पन्न अस्पताललगायत सेवा प्रदान गर्न गुरुयोजनासहित अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

कार्यक्रममा बागमती प्रदेशसभा सदस्य कुमारी मुक्तान, जिल्ला समन्वय समिति प्रमुख ललितबहादुर घलान, थाहा नगरपालिका प्रमुख विष्णुबहादुर बिष्ट र उपप्रमुख भरत गोपालीले आफ्नो धारणा राख्नुभएको थियो ।

मुख्यमन्त्री बानियाँले थाहा नगरपालिका र ब्रह्मकुमारी राजयोग सेवा केन्द्र पालुङको संयुक्त आयोजनामा आज भएको रक्तदान कार्यक्रमको शुभारम्भसमेत गर्नुभएको थियो । कार्यक्रममा ६५ जनाले रक्तदान गर्नुभयो ।रासस