१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

पानीको स्रोत संरक्षण र संवर्द्धन गर्न अपरिहार्य छ : प्रधानन्यायाधीश राउत

पानीको स्रोत संरक्षण र संवर्द्धन गर्न अपरिहार्य छ : प्रधानन्यायाधीश राउत
प्रधानन्यायाधीस प्रकाशमान सिंह राउत आइतबार नेपाल पानी सदुपयोग फाउन्डेसनले आयोजना गरेको राष्ट्रिय श्रोत रक्षक २०८२ एवं ८७ औँ पानी सत्सङ्ग कार्यक्रममा मन्तव्य राख्नुहुँदै । तस्बिरः विमलबहादुर विष्ट/रासस
अ अ+ अ-

काठमाडौँ। सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले पानीको संरक्षण, सम्वर्द्धन र सदुपयोग अहिलेको सबैभन्दा गम्भीर र आवश्यक एजेण्डा भएको उल्लेख गर्नुभएको छ ।

नेपाल पानी सदुपयोग फाउण्डेशनले आज यहाँ आयोजना गरेको ‘राष्ट्रिय स्रोत रक्षक २०८२ तथा ८७औँ पानी सत्सङ्ग कार्यक्रम’ लाई सम्बोधन गर्दै उहाँले जलवायु परिवर्तनका कारण देखिएको पानीको अभाव र असन्तुलन मानव जीवनमै ठूलो सङ्टको कारण बन्नसक्ने बताउनुभयो ।

प्रधानन्यायाधिश राउतले भन्नुभयो, “पानी नभई नहुने चिज हो, हामीले सेताम्मे हिमाल गुमाउँदै गएका छौँ, अब ती कालापत्थरमा परिणत हुँदै गइरहेका छन् । जलवायु परिवर्तनले हाम्रो पानीको स्रोतमाथि नै गम्भीर असर पारिरहेको छ । यस्तो अवस्थामा पानीको सदुपयोग मात्र नभई संरक्षण र सम्वर्द्धन अपरिहार्य छ ।”
पानी एक प्राकृतिक स्रोत मात्र नभइ मानव सभ्यता र प्रकृतिको निरन्तरतासँग सम्बन्धित जीवनदायिनी तत्वका रूपमा रहेकाले यसको दीर्घकालीन संरक्षणमा जोड दिनुपर्ने उहाँको भनाइ थियो ।

प्रधानन्यायाधिश राउतले मानव जीवनको दिगोपन, प्राकृतिक सन्तुलन र समृद्धिको मूल आधारको रूपमा पानीलाई लिनुपर्ने आवश्यकता औँल्याउनुभयो । “हामीले अहिले नै सचेत भई पानीको उचित व्यवस्थापन गर्न नसके हाम्रो भविष्य अन्धकारमय हुनसक्छ । यसैले पानीको संरक्षण हाम्रो भविष्यसँग प्रत्यक्ष जोडिएको विषय हो । यसमा सबै गम्भीर बनौँ”, उहाँले भन्नुभयो ।

प्रधानन्यायाधिश राउतले पानीको सामाजिक, आर्थिक र पर्यावरणीय महत्त्वमाथि चर्चा गर्दै संविधान र कानुनद्वारा सुनिश्चित गरिएको प्राकृतिक स्रोतमाथिको हक कार्यान्वयनमा राज्य गम्भीर बन्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले पानी केवल घर–परिवारको आवश्यकता पूरा गर्ने विषय मात्र नभइ राष्ट्रिय समृद्धि र दिगो विकासको मेरुदण्ड भएको धारणा राख्नुभयो ।

फाउण्डेशनका अध्यक्ष डा ङमिन्द्र दाहालले हाल देशभर पानीको असमान वितरण, भू–उपयोगको विकृति, प्रदूषण र असहज सहरीकरणका कारण पानीक स्रोतहरू जोखिममा परेको बताउनुभयो । उहाँले भन्नुभयो, “प्राकृतिक स्रोत संरक्षणको उत्तरदायित्व सबै नागरिकको हो । पानीको संरक्षण र सदुपयोग भविष्यसँग जोडिएकाले सबैले मिलेर स्रोत जोगाउनुपर्ने बेला आएको छ ।।”

कार्यक्रममा जलस्रोत, वातावरण तथा जलवायु क्षेत्रमा क्रियाशील विभिन्न संघसंस्थाका प्रतिनिधि, विज्ञ, अभियन्ताहरूले नेपालमा पानीको स्रोत संरक्षणमा जनचेतना, नीतिगत पहल, प्रविधिको प्रयोग र स्थानीय तहको सक्रियता आवश्यक रहेकामा जोड दिएका थिए ।

कार्यक्रममा विद्वान लेखक एवं पूर्वजलस्रोत सचिव भुवनेशकुमार प्रधानलाई पानीलगायत राष्ट्रिय स्रोत संरक्षणमा विशिष्ट योगदान गरेको भन्दै राष्ट्रिय स्रोतरक्षक सम्मान प्रदान गरिएको थियो । रासस