११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित

उत्तरकाशीको पहिरोमा बेपत्ता तीन बर्दियालीको कुश शवदाह

उत्तरकाशीको पहिरोमा बेपत्ता तीन बर्दियालीको कुश शवदाह
अ अ+ अ-

सुदूरपश्चिम। भारतको उत्तरकाशी क्षेत्रको धारलालगायत गाउँमा वर्षापछि गएको पहिरोमा पुरिएर बेपत्ता भएका बर्दियाका तीन जनाको कुशको शव बनाएर अन्त्येष्टि गरिएको छ ।

पहिरोमा परी बेपत्ता भएकाको खोजी गर्दा फेला पार्न नसकेपछि आफ्नै गाउँमा फर्किएर कुशको शव बनाई अन्त्येष्टि गरिएको बर्दिया मधुवन नगरपालिका—६ बुद्धनगरका चुडामणि खड्काले जानकारी दिनुभयो ।

खड्काका ३७ वर्षीय छोरा नरेन्द्र खड्का, बुहारी सरस्वती खड्का भण्डारी र दुई वर्षको नाति रोमन उक्त पहिरोमा पुरिएर बेपत्ता भएका थिए । घटनास्थल पुगेर फर्किएका खड्काले भन्नुभयो, “पहिरोमा पुरिएकाको आफ्ना सन्तानको खोजीका लागि घटनास्थलमै पुगेका थियौँ । त्यहाँ भेटिनुभएका उत्तरप्रदेशका मुख्यमन्त्री पुस्करसिंह धामी, प्रहरी अधिकृतलाई पनि खोजतलासका लागि आग्रह ग¥यौँ, तर पत्ता लगाउन सकिएन ।”

उहाँका अनुसार पहिरोमा पुरिएका छोरा नरेन्द्रको एक हातको अङ्ग मात्रै फेला परेपछि निजको मृत्यु भएको पहिचान गरिएको थियो । खड्काले भन्नुभयो, “छोराको हातमा ‘सुमन’ लेखिएको थियो, त्यसै आधारमा आफूले छोराको शव पहिचान गरेर हात उतै गाडेर फर्किए । घरमा पुगेर कुशको शव बनाई तीनै जनाको अन्त्येष्टि गरेका हौँ ।”

मधुवन नगरपालिका–५ की अमृता परियार पनि उक्त पहिरोमा पुरिएर बेपत्ता हुनुभएको थियो । उहाँको अवस्था पनि अज्ञात छ । आर्थिक अवस्था कमजोर भएको खड्का परिवारका सदस्य सडकलगायत निर्माण क्षेत्रमा मजदुरी गर्न उत्तरकाशी क्षेत्रमा पुगेका थिए ।

धारला क्षेत्रमा निर्माणाधीन सडक छेउको खोला किनारमा बनाइएको टहरोमा बसेका बेला अकस्मात माथिबाट ठूलो पहिरो खस्दा खड्का, उहाँकी श्रीमती र छोरासहित व्यक्ति पुरिएका थिए । त्यस दिन धारलासहित तीन ठाउँमा ठूलो पहिरो गएको र त्यसमा जाजरकोटका २१ जना पहिरोमा पुरिएर बेपत्ता भएका थिए ।

मृतकका भाइ गुप्तराज खड्काले मजदुरी गरेर कमाई गर्ने दाजुको निधन भएपछि परिवार आर्थिक सङ्कटमा परेको दुःखेसो सुनाउनुभयो । मधुवन नगरपालिका कार्यालयले किरिया खर्च दिने भने पनि हालसम्म पाउन नसकेको उहाँले गुनासो गर्नुभयो । रासस