१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

अनलाइन कक्षाका नाममा विभेद नगरियोस्

अनलाइन कक्षाका नाममा विभेद नगरियोस्
अ अ+ अ-

सजिव ढकाल । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको प्रभाव नेपालमा परिरहेका बेला पछिल्लो समयमा देशमा अनलाइनबाट कक्षाको माध्यमबाट पठन पाठन गरिनु सुन्दर पक्ष हो । नेपालको बर्तमान परिस्थितिमा कोरोना भाइरसको असरहरु बहुआयामिक बन्दै गर्दा शिक्षा क्षेत्र अछुतो रहन सक्दैन त्यसमाथी पनि हाम्रो जस्तो अल्पविकशित देशमा यसको असर दीर्घकालीन बन्न सक्छ । 

कोरोनालेले बन्द रहेका बिद्यालय ,क्यापस र बिश्वबिद्यालयका बिद्यार्थीलाई अनलाईन कक्षा को माध्यमबाट पठन पाठन हाम्रो जस्तो देश जाहा फोन गर्नलाई मानिसहरु रुखको टुप्पोमा चडेर फोन गर्नु पर्छ के त्याहा यो सम्भव छ त ? अनि अनलाईन कक्षाको भरमा कोर्ष पूरा गर्न तिर लाग्नु के सरोकारवाला निकायको निर्णय सहि हो ? जुन देशमा सेवा प्रदायक टेलिफोनका कम्पनिहरु नै राज्यको कर छलेर राज्यलाइ दोहन गर्न तिर लागिराछन हरेक दिन हरेक मिनेट विभिन्न बाहानामा जनताहरुलाइ यी कम्पनिहरुले अर्बौ ठगी गरिरहेका छन अनि जनताको घरमा बिजुली बत्ति पनि नपुगेको ठाउँमा ईन्टरनेटको अर्को बिकल्प पनि नहुदा गरिब जनताका छोरा छोरिले समान शिक्षा लिन पाउने कुरा के संबंधित बिश्वबिद्धालय, सरकार या सरोकार राख्ने विद्यार्थी हक हितका लागि जिउ ज्यान दिन तयार छु भनी राजनिती गरेका नेता, नेतृत्वले दिन सक्नु हुन्छ ?

त्यसै त गरिबी ,अशिक्षा र राज्यको केन्दृकृत नितिले मारमा परेका गरिब किसानका छोरा छोरिहरु देशमा दुई खाल्को शिक्षा आर्जन गर्न बाध्य पारिएको थियो भने अब त्यसलाइ पनि वर्गीकरण गरेर तीन किसिमको बनाइने हो ? निजि बिधालय बिस्थापनको मुद्दा लिएर लडेकी सत्तामा बसेको पदमा बसेको दसकौ बर्ष बितिसक्दा पनि यो किनारा लाग्नु को सट्टामा त्रिभुवन विश्वबिधालय र त्यसका आगिक क्यापसहरुमा पनि बिस्तारै विभिन्न बाहानामा निजीकरण हुँदै छ र गरिब जनताका छोरा छोरिहरु महगो मूल्य चुकाउन बाध्य छन । हिजो समान शिक्षाको नारा लगाउनेहरु बिक्री भए माफियाको झालमा फसे बन्दै कराउनेहरु आज कसको जालमा फसेर निजि स्वार्थमा मात्र सिमित भै यस्ता अप्रिय निर्णयहरुको पक्षमा वकालत गर्दै हिडदै छ । 

देशमा जनता, विद्यार्थीहरु अफ्टेरोमा परेको बेला ,दन्द्दमा फसेको बेला या देशमा अस्थिरता सिर्जना भएको बेला  माफिया कालोबजारी ठगी जस्ता विभिन्न अपराधिक मनोवृत्तिका सन्जालहरु सकृय हुन्छ यसको लेखाजोखा गर्ने कि नगर्ने ? देशमा अहिले सम्म सरकारी स्कुलमा शिक्षा लिन धन्टौ भोकभोकै हिडेर, खाइ बखाउ गरेर जानु पर्ने बाध्यता छ गरिबको घरमा टेलिभजन रेडियो त छैन अनि तपाइहरु स्मार्ट फोन बोकेर अनलाइन कक्षा सन्चालन गरेर पाठयक्रम अघि बढाइ रहनु भएको छ हेक्का रहोस सिमित ब्यातिहरु जुन पद र सुबिधा लिएर आफ्नो मात्र सन्तानको चिन्तामा अरुलाइ बिभेदको मनसाय राख्छ भने इतिहासले यसको लेखाजोखा गर्छ । 

हिजो बिभेदकारी नीति नियमको पक्षमा वकालत गर्नेहरुको इतिहासले कोरेको बाटो र अन्यायको विपक्षि भै बिभेदको बिरोद र समानताको पक्षमा वकालत गर्नेलाई सदैब आफ्नो आफ्नो बाटो देखाएको छ । त्यसैले देशको भबिस्यसग जोडिएको स-साना बालबालिका र युवाहरुको बाध्यात्मक परिस्थितिसग कसैले नखेलोस सहि दिशा प्रदान होस सर्वसुलब शिक्षाका लागि गहन अधययन पश्चात् नितिहरु लागुहोस । हचुवाको भरमा सस्तो लोकपृयताको पछाडी दौडिएर लाखौ विद्यार्थीको भाग्य र भबिस्य सग नखेल्न सबै किसिमका संबंधित निकायमा अनुरोध गर्दछु ।लेखक ढकाल

– ढकाल इलाम-काठमाडौं सम्पर्क समितीका अध्यक्ष र नेविसंघ आर.आर इकाई सभापति हुन् ।