१९ मंसिर २०८२, शुक्रबार
,
Latest
मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन कांग्रेसको कलहः होला त पुसमा महाधिवेशन ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्तमान सरकारको कार्यकालभित्रै संविधान संशोधनको प्रश्ताव संसदमा लैजान्छौँः सचिव भट्टराई



अ+ अ-

काठमाडौँ ।नेकपा एमाले सचिव योगेश भट्टराईले वर्तमान सरकारको कार्यकालभित्रै संविधान संशोधनको प्रश्ताव संसदमा ल्याउने बताउनुभएको छ ।

काठमाडौंमा आईतवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले निर्वाचन प्रणाली संविधान संशोधनसँग जोडिएको र सरकारले संविधान संशोधनको एजेण्डालाई प्राथमिकतामा राखेको बताउनु भयो । उहाँले संशोधन प्रश्ताव लैजाने बारेमा संसदका सबै राजनीतिक दलसँग छलफल हुने पनि स्पष्ट पार्नुभयो । उहाँले संविधान संशोधनका लागि संसदको दुई तिहाई बहुमत आवश्यक पर्ने भन्दै नेपाली काँग्रेस र एमालेको समर्थनले मात्रै संविधान संशोधन हुन नसक्ने बताउनु भयो । संविधान संशोधनका एजेण्डालाई नागरिकमा पनि लगेर छलफल गर्ने बताउनु भयो । सकेसम्म सर्वसम्मत हुनेगरी संविधान संशोधनको प्रश्ताव लैजाने प्रतिवद्धता जनाउनु भयो ।

सचिव भट्टराईले भन्नुभयो, ‘निर्वाचन प्रणाली संविधान संशोधनसँग जोडिएको छ । यो सरकार हामीले बनाइरहँदा संविधान संशोधनको एजेण्डालाई प्राथमिकतामा राखेका छौँ । त्यसको मतलव हामी यो सरकारको कार्यकालभित्र संविधान संशोधनको प्रश्ताव संसदमा ल्याउँछौँ, यति कुरा म ढुक्कसित भन्छु । त्यसमा केके विषय होलान् हामीले छलफल गरौँला । जे विषयमा संशोधन प्रश्ताव लैजाने हो त्यो संसदका सबै राजनीतिक दलसँग बसेर हामी छलफल गर्छौं । किनभने संसदको दुई तिहाई बहुमत चाहिन्छ । काँग्रेस र एमालेको मात्रै समर्थनले संविधान संशोधन हुँदैन । संसद भित्रको दुई तिहाई बहुमत मात्रै विषयवस्तु होइन । यो आम जनताको विषयवस्तु हो । संविधान संशोधनका एजेण्डालाई आम पब्लिकमा पनि छलफलमा लैजान्छौँ । सकेसम्म सर्वसम्मत हुनेगरी संविधान संशोधनको प्रश्ताव लैजान्छौँ । निर्वाचन प्रणाली पनि छ त्यसको एजेण्डा ।’

सचिव भट्टराईले राजनीतिक दलहरुको अडिट पनि महालेखाले गर्नुपर्ने प्रश्ताव गर्नुभयो ।