२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

समयमै आवधिक निर्वाचन हुने कुरालाई कसैले हल्लाउन सक्दैनः गगन थापा



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले आवधिक निर्वाचन समयमै गर्ने कुरामा कसैले दायाँबायाँ गर्न नसक्ने बताउनुभएको छ ।

आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले दक्षिण एशियाका धेरै देशहरुमा आवधिक निर्वाच समयमै नहुने बताउनु भयो । उहाँले समयमै आवधिक निर्वाचन हुने कुरालाई नेपालमा कसैले हल्लाउन नसक्ने उहाँको भनाइ छ । निर्वाचन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक सरकारले विधेयकका रुपमा ल्याउँदा निर्वाचन आयोगले पेश गरेका कुराहरु पनि हटाएर ल्याउनसक्ने भन्दै सबै चनाखो हुनुपर्ने बताउनु भयो । आवश्यकताका आधारमा विधेयकमा थपघट गरेर जान सकिने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘दक्षिण एशियाका थुप्रै देशहरुमा समयमा आवधिक निर्वाचन हुँदैन । हाम्रोमा हुन्छ । यो आवधिक निर्वाचन हुने कुरालाई कसैले पनि हल्लाउन सक्दैन । आवधिक निर्वाचन हुन्छ भनेर भनेको ठाउँमा पनि नाममात्रैको निर्वाचन हुन्छ । हाम्रोमा राम्रै निर्वाचन हुन्छ । हाम्रो इलेक्शन फेयर हुन्छ, फ्रि हुन्छ । सरकारको तर्फबाट विधेयकको रुपमा आउँदा अहिले आएका कतिपय कुराहरु हटेर आउनसक्छ । यसमा ख्याल गर्नुपर्छ । संसदबाट फेरि थपेर पठाउन हामी सक्छौँ । आवश्यकताका आधारमा हामीले विधेयकमा राम्रै काम गरेका छौँ ।’

महामन्त्री थापाले निर्वाचनको उम्मेदवार छनौट गर्नेकुरा जुन ठाउँमा निर्वाचन हुने त्यहीँका पार्टी सदस्यले उम्मेदवार छान्न पाउने कुरा राम्रो भएको बताउनु भयो । मतदाता शिक्षा नागरिकमाझ विस्तार गर्न जरुरी रहेको बताउनु भयो ।