२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचन प्रणाली सुधार गर्न नसकेसम्म भ्रष्टाचार अन्त्य गर्न सकिँदैनः उपाध्यक्ष राई



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) की उपाध्यक्ष जयन्तीदेवी राईले निर्वाचन प्रणाली सुधार गर्न नसकेसम्म भ्रष्टाचार अन्त्य गर्न नसकिने बताउनुभएको छ ।

आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले निर्वाचन प्रणाली सबैभन्दा शुद्ध हुनुपर्ने बताउनु भयो । निर्वाचन प्रणाली शुद्ध गर्न सकिएन भने पछि परेको महिला, समुदाय, वर्ग, दलित, मुस्लिमहरुलाई अघि बढाउन नसकिने बताउनु भयो । विगतको निर्वाचन प्रणाली भन्दा प्रगतिशिल निर्वाचन प्रणाली आएपछि पर्याप्त नरहेको बताउनु भयो । सरकारले निर्वाचन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक छिटो ल्याउनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘निर्वाचन प्रणालीलाई सुधार गर्न सकेनौँ भने भ्रष्टाचारलाई कहिले पनि अन्त्य गर्न सकिँदैन । त्यसकारण निर्वाचन प्रणाली सबैभन्दा शुद्ध हुनुपर्छ । निर्वाचन प्रणाली शुद्ध गर्न सकिएन भने पछि परेको महिला, समुदाय, वर्ग, दलित, मुस्लिमहरु सबै पछि पर्दछन् । यो निर्वाचन प्रणाली हामीले सच्याउनैपर्छ । हिजोको भन्दा प्रगतिशिल आएको छ तर पूर्ण रुपमा आएको छैन । अहिले यो विधेयक ल्याउन तयार भएको छैन सरकार । किन ल्याउँदैन । यो विधेयक छिटो भन्दा छिटो ल्याउनुपर्छ ।’

उपाध्यक्ष राईले स्थानीय तहमा प्रमुहरु पटक पटक एकै जनालाई उठाइराख्ने प्रवृत्ति रोक्नुपर्ने बताउनु भयो ।