१ भाद्र २०८३, सोमबार
,
Latest
विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण, एक निर्माणाधीन राष्ट्रिय ब्याडमिन्टनमा क्षितिज र प्रिन्सबीच फेरि भेट मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिभूवन विश्वविद्यालयमा भइरहेको द्वन्द्व अन्त्य गर्न गृहमन्त्रीको आग्रह



अ+ अ-

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले त्रिभूवन विश्वविद्यालय भइरहेको द्वन्द्व अन्त्य गर्न आग्रह गर्नुभएको छ ।

आईतवार काठमाडौंमा आयोजित कार्यक्रममा उहाँले त्रिभूवन विश्वविद्यालयमा देखिएको द्वन्द्वमा गृह मन्त्रालय नै प्रवेश गर्नुपरेको बताउनुभएको हो ।

उहाँले प्राध्यापकहरुको सुरक्षाको लागि पिएसओ खटाएको जानकारी दिनुभयो । गृह मन्त्रालयले खटाएको पिएसओ फिर्ता गर्ने वातावरण बनाउन पनि उहाँले आग्रह गर्नुभयो । त्रिभूवन विश्वविद्यालयमा विभिन्न दलका भ्रातृसंस्थाले बन्द गर्ने, प्राध्यापकमाथ हातपात गर्ने, तोडफोड गर्ने जस्ता क्रियाकलाप गर्दै आएका छन् ।
गृहमन्त्री लेखकले भन्नुभयो, ‘त्रिभूवन विश्वविद्यालयमा नै यस्तो द्वन्द्व छ की त्यो द्वन्द्वमा पनि गृहमन्त्रालयले प्रवेश गर्नुपरेको छ । सरहरुको सुरक्षाको लागि मैले पिएसओ पठाउनुपरेको छ । यस्तो द्वन्द्व भएको छ, अहिलेसम्म त त्यो शान्तिपूर्ण नै छ । त्यो द्वन्द्व चाहीँ मैले पिएसओ फिर्ता गर्ने स्थिति बनोस् भन्ने मेरो आग्रह छ । जसले द्वन्द्व गर्नुभएको उहाँहरुलाई मेरो हार्दिक अपिल छ, त्यो पिएसओ अन्त काममा लगाउने गरेर मैले फिर्ता नगर्ने अवसर पाउँ ।’ 

उहाँले सरकार द्वन्द्व न्युनिकरणको लागि विश्वविद्यालयसँग मिलेर काम गर्न तयार रहेको बताउनु भयो । उहाँले आत्महत्या नियन्त्रण गर्नको लागि काठमाडौं विश्वविद्यालयसँग सम्झौता गरिएको उल्लेख गर्दै द्वन्द्वका क्षेत्रमा पनि मिलेर काम गर्न उहाँले आग्रह गर्नुभयो ।