१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

भियतनामकी उपराष्ट्रपति सुआन र समकक्षी यादवबीच उच्चस्तरीय वार्ताः एयर कनेक्टिभिटी र पर्यटन प्रवर्द्धन गर्ने सहमति

भियतनामकी उपराष्ट्रपति सुआन र समकक्षी यादवबीच उच्चस्तरीय वार्ताः एयर कनेक्टिभिटी र पर्यटन प्रवर्द्धन गर्ने सहमति
अ अ+ अ-

भियतनामकी उपराष्ट्रपति भो थी आन्ह सुआन र नेपालका उपराष्ट्रपति रामसहायप्रसाद यादवबीच प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता सम्पन्न भएको छ ।

आईतवार बिहान काठमाडौंस्थित होटल याक एण्ड यतिमा सम्पन्न भेटवार्तामा व्यापार, लगानी, जलविद्युत, पर्यटन र सांस्कृतिक सहकार्यका विषयमा छलफल भएको बैठकपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा जानकारी दिइयो । दक्षिणपूर्वी एशिया प्रशान्त महाशाखाका प्रमुख तथा परराष्ट्र मन्त्रालयका सहसचिव प्रकाश अधिकारीले वार्तामा नेपाल–भियतनाम सम्बन्ध र अन्तर्राष्ट्रिय सहकार्यका विषयमा समग्र छलफल भएको छ ।

उहाँकाअनुसार दुवै पक्षले मित्रता, सद्भावना र द्विपक्षीय सम्बन्धलाई बलियो बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । भेटवार्तामा उच्च तहमा भ्रमण आदानप्रदान, सांस्कृतिक र धार्मिक सहकार्य, पर्यटन प्रवद्र्धनका लागि एयर कनेक्टिभिटी बढाउने, साथै व्यापार, लगानी र डिजिटल रूपान्तरणका क्षेत्रमा सहयोग बढाउने विषयमा छलफल भएको अधिकारीले जानकारी दिनुभयो । उहाँले भियतनामको तिब्र आर्थिक वृद्धि नेपालका लागि सिकाइको अवसर भएको उल्लेख गर्दै दुवै देशले जलवायु परिवर्तन र वातावरणीय चुनौतीको सामना गर्न सहकार्य गर्ने सहमति भएको पनि जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘दुवै पक्षले नेपाल–भियतनामको सम्बन्ध, मित्रता र सद्भावनामा आधारित रहेको कुरा व्यक्त गर्नुभयो । यो द्विपक्षीय सम्बन्धको ५० औँ वर्षगाँठको अवसरलाई दुई देशबीचको सम्बन्धलाई अझै अगाडि लैजाने उपयुक्त मौका भएको कुरा पनि व्यक्त गर्नुभयो । उक्त भेटघाटमा भएका मुख्य कुराहरुमा दुई देशमा उच्च तहमा भ्रमण आदानप्रदान गर्ने सहमति भएको छ । त्यस्तै दुवै देशबीच सांस्कृतिक, धार्मिक समानता र बुद्ध धर्म दुवै देशको सम्बन्धको सेतुको रुपमा रहेकोले धार्मिक, सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्नको लागि प्रचुर सम्भावना रहेको कुराबारे पनि छलफल भएको छ । दई देशबीच पयर्टन प्रवद्र्धन गर्नको लागि निकट भविष्यमा एयर कनेक्टिभिटी बढाउनको लागि आपसि छलफल गर्ने कुराकानी समेत भएको छ । सोही सन्दर्भमा भियतनाम संसारको सबैभन्दा उच्च् आर्थिक वृद्धिसहित अगाडि बढेको भएको हुनाले त्यसबाट नेपालले धेरै कुराहरु सिक्नसक्ने सम्भावना रहेका कुराहरु बारेमा पनि छलफल भएको छ । नेपालमा भियतनामको लगानी प्रवद्र्धन गर्ने र व्यावार, लगानी, डिजिटल ट्रान्सफर्मेसनमा पनि द्विपक्षीय कुराकानी भयो । जनस्तरको सम्बन्धलाई पनि अगाडि बढाउने र दुवै देशले अन्तरराष्ट्रिय कुटनीतिका साझा धारणालाई अझै मजबुत बनाउने सहमति भएको छ । त्यसैगरी नेपालमा वातावरणीय समस्याले ल्याएको जुन जलवायु परिवर्तनको समस्या छ । त्यसको कारणले नेपालले भोग्दै आएको समस्याबारे पनि विस्तृत कुराकानी भयो । यी सबै क्षेत्रमा दुवै मुलुकले सकार्य गरेर अगाडि बढ्ने कुराकानी भयो ।’ 

नेपालका उपराष्ट्रपति रामसहायप्रसाद यादवको निमन्त्रणामा शनिवार काठमाडौं आइपुगेकी सुआनको यो भ्रमण नेपाल र भियतनाम कुटनीतिक सम्बन्धको ५० औं वार्षिकोत्सवको अवसरमा भएको हो । यो नै भियतनामबाट नेपालको पहिलो उच्चस्तरीय भ्रमण समेत हो ।