१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

संविधान असफल भयो भने देशमा अकल्पनीय द्वन्द्व शुरु हुन्छः गृहमन्त्री

संविधान असफल भयो भने देशमा अकल्पनीय द्वन्द्व शुरु हुन्छः गृहमन्त्री
अ अ+ अ-

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधानलाई असफल बनाउने छुट कसैलाई पनि नभएको बताउनुभएको छ ।

आईतवार काठमाडौमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यो संविधान असफल भयो भने देशमा अकल्पनिय द्वन्द शुरु हुने बताउनुभएको हो । संविधान निर्माणको लागि २० वर्ष लागेको उहाँले स्मरण समेत गर्नुभयो । यो संविधान असफल भए अर्को २० वर्षमा पनि संविधान बनाउन नसक्ने उहाँको दाबी छ । त्यसको लक्षण पनि देखिन थालेको उहाँले बताउनु भयो ।

संविधानको रक्षा, यसको सुदृढीकरण, समयसापेक्ष संशोधन आजको आवश्यकता भएको उहाँको भनाई छ । समय र समाजको विकासको गतिअनुसार संविधानलाई पनि उन्नत, परिवर्तन र परिमार्जन गर्नुपर्ने उहाँले बताउनु भयो । समयसापेक्ष संविधान संशोधनको लागी वर्तमान सरकार गठनको बेला काँग्रेस र एमालेले सहमति गरेको पनि उहाँले उल्लेख गर्नुभयो । तर सरकार बनेको एक वर्षमा पनि संविधान संशोधनको कार्य प्रारम्भ गर्न नसेकेको उहाँले स्वीकार गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘एउटा संविधान निर्माणको लागि २० वर्ष लाग्दो रहेछ । यो संविधानको असफलतापछि मुलुकमा उत्पन्न हुने द्वन्द्व, आज हामी द्वन्द्वको कुरा गर्दैछौँ, आजको द्वन्द्वको नेचर कस्तो छ, भने हामी संघियतामा छौँ । दुई पालिकाका बीचमा प्राकृतिक स्रोतका लागी द्वन्द छ । अधिकारको बाँडफाँडको लागी द्वन्द्व भइरहेको छ, आजको द्वन्द्व । तर यदी संविधान असफल भयो भने अकल्पनिय द्वन्द्वहरु यो देशमा शुरु हुन्छ । जसले अब २० वर्षमा पनि संविधान बनाउनसक्ने स्थिति हुँदैन । ती कुराहरु तपाईहरुले यदाकदा लक्षणहरु देख्नुभएको छ होला । त्यसकारण संविधानको रक्षा, यसाको सुदृढीकरण, समयसापेक्ष संशोधन पनि म भन्न चाहन्छु । यही संविधानलाई बचाइराख्न पर्छ तर समयसापेक्ष यसमा परिमार्जन र यसलाई उन्नत गर्दै समय जुन गतिमा विकास, समाज जुन गतिमा विकास भइरहेको छ । संविधानलाई पनि त्यहि गतिमा उन्नत र परिवर्तन परिमार्जन गर्ने प्रक्रियाकामार्फत । त्यसकारण हामीले अहिलेको सरकार, अहिलेको समिकरण निर्माण हुनुभन्दा पहिला एक नम्बरमा हामीले संविधानको सार्थक संशोधन को विषय उठाएको हो । हालकी एक वर्ष भइसक्यो हामी त्यतातिर अलि परिणाममुखी ढंगले प्रवेश गर्न पाएका छैनौँ । त्यो सत्य हो, त्यो हाम्रो कमजोरी हो । तर संविधानको समयसापक्ष संशोधन र यो संविधानको सुरक्षा यो आवश्यक छ ।’ 

संविधानको समयसापेक्ष संशोधन र सुरक्षा आवश्यक रहेको उहाँको भनाई छ । अहिलेको संविधानमा कतिपयले प्रश्न उठाउने गरेको उल्लेख गर्दै उहाँले त्यो पनि जायज रहेको बताउनु भयो । यो संविधानमा कतिपय कुराहरु समेट्न खोज्दाखोज्दै पनि नसकिएको उहाँको भनाई छ ।